काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुलीलले संघीयता खारेजीको प्रस्ताव राख्नुभएको छ ।
Advertisement
काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा लिखित धारणा राख्दै पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गरी संघीयता खारेज गर्नुपर्ने माग राख्नुभएको हो ।
पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्नुपर्ने बताउनुभएको हो ।
मंगलवारको बैठकमा पराजुलीसहित प्रकाश स्नेहीले संघीयता खोजी र हिन्दूराज्यको एजेण्डा बोकेर कांग्रेस जानुपर्ने बताउनुभएको हो ।
