खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितीद्वारा सञ्चालित सिटी एरिया अन्तर्गत पडावचोकमा समाजको संगठन विस्तार भएको छ ।
Advertisement
बुधबार आयोजित नेपाली मजदूरहरुको भेलाले मूल प्रवाहको टोल समिति गठन गरेको हो ।
कार्यक्रममा एरिया सचिव मन बहादुर घर्ती मगरले मूल प्रवाहको विधान, घोषणा पत्रमाथि प्रकास पार्नु भएको थियो ।
भेलाले गगन बुढाथोकीको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको सचिव धनकुमारी विक, कोषाध्यक्ष सुमित्रा सारु, सदस्यहरुमा निर्मला घर्ती मगर, रिमा कुँवर, शान्ति मानन्धर, झबिन घर्ती मगर, प्रविन सारु रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
कार्यक्रम रिमा कुँवरको सञ्चालन र निर्मला घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।