• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

डा. गुडरन कोर्विन्सप्रति श्रद्धाञ्जली


  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
  • मोहन विक्रम सिंह

    Advertisement

    डा. गुडरन कोर्विन्स एउटी जर्मन महिला थिइन । उनको सन् २००६ मा महाराष्ट्रको पुनेमा हत्या गरिएको थियो । उनको मृत्युको १६ बर्ष पछि मैले उनीप्रति यो श्रद्धाञ्जली प्रकट गर्दै छु । उनको सम्मानमा मैले उनीबारे ‘का.जलजला’ उपन्यासमा लेखिएको तलको अंश प्रकाशित गर्दैछु ।

    सुनन्दाले नेपालको प्राचीन ढुङ्गे युगिन सभ्यता वा त्यसबारे भविष्यमा अरू अध्ययन र अनुसन्धान हुने जुन कल्पना गर्दै थिइन्, त्यो कल्पनालाई साकार वा मूर्त रूप दिन डा. गुडरन कोर्विन्स छिटै नै नेपाल आउने छन् भन्ने कुराको उनले त्यो बेला कल्पना पनि गर्न सक्दैन थिइन् ।

    डा. गुडरन सन् १९८५ मा नेपाल आएकी थिइन् । त्यसपछि उनले पश्चिम नेपालको सिवालेक पर्वत शृङ्खलामा करिब २० वर्ष प्रागऐतिहासिक मानिसहरूको अध्ययनमा बिताएकी थिइन् । उनको अध्ययनले नै नेपालमा ढुङ्गे युगिन मानवहरूको इतिहासको पाना जोडेको थियो । उनको अध्ययनबाट दाङ, देउखुरी उपत्यकामा पुरानो र नयाँ ढुङ्गे युगिन मानवहरू बसोबास भएको कुरा पत्ता लागेको थियो । दाङ, देउखुरी उपत्यकाको महत्व यो कुरामा मात्र थिएन कि त्यहाँ पाषाणकालका ढुङ्गे युगका मानिसहरू बस्थे । त्यसको महत्व यो कुरामा पनि थियो कि त्यहाँ ढुङ्गे युगिन मानवहरूका बेग्लाबेग्लै संस्कृति समूहका मानिसहरू बस्ने गर्दथे ।

    डा. गुडरन करिब २० वर्षको पश्चिम नेपालको अध्ययन पछि आफ्नो पुस्तकलाई अन्तिम रूप दिन, उनी चेन्नई, त्यो बेलाको मद्रास, मा गएकी थिइन् ।

    त्यहाँको डेकन कलेजमा नै उनले पहिले भूगर्भशास्त्रको अध्ययन गरेकी थिइन् । तर त्यहाँ नै सन् १९८९ मा उनका नोटहरूको चोरी भएको थियो । त्यसले गर्दा उनले नेपालको ढुङ्गेयुगको सभ्यता सम्बन्धी अध्ययनको विश्लेषणलाई पूर्णता दिन सकेकी थिइनन् । तैपनि उनको अध्ययनसित सम्बन्धित जेजति सामाग्रीहरू प्राप्त भएका छन्, त्यसबाट दाङ, देउखुरी उपत्यकाको प्रागऐतिहासबारे महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।

    डा. गुडरनले दाङका ५० भन्दा बढी स्थानहरूमा ढुङ्गे युगिन मानवहरूको बसोबास भएका स्थानहरू फेला पारेकी थिइन् । तिनीहरूमध्ये धेरैजसो स्थानहरू दाङ उपत्यकामा थिए भने केही देउखुरी उपत्यकामा पनि थिए । केही स्थानहरू तुई उपत्यकामा पनि थिए ।

    प्रारम्भिक अनुसन्धानमा दाङका तेह्र स्थानहरू र देउखुरीका तीन स्थानहरूमा खोजबिनको काम गरिएको थियो । यसरी खोजबिन गर्दा बबई दक्षिणतिरका किनारमा उनले ढुङ्गे युगको प्रारम्भसित सम्बन्धित हाते बन्चरो फेला पारेकी थिइन् । त्यसका साथै कुईरेपानीमा पनि उल्लेखनीय उपलब्धि प्राप्त भएको थियो । देउखुरीको लमहीमा पनि ढुङ्गे युगसँग सम्बन्धित कतिपय महत्वपूर्ण औजारहरू फेला परेका थिए । लमही र कुईरेपानीमा प्राप्त औजारहरू दुई बेग्लाबेग्लै ढुङ्गे युगिन सांस्कृतिक समूहसित सम्बन्धित थिए ।

    तुई उपत्यका पनि प्रागऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थान थियो । त्यहाँ पुरानो ढुङ्गे युगदेखि नयाँ ढुङ्गे युगसम्मका ५ लाखदेखि ७ लाख वर्ष पुराना ढुङ्गे युगिन कालका अवशेषहरू प्राप्त भएका थिए । त्यहाँ पछिल्लो पाषाण युगका करिब १०हजार वर्ष पुराना अवशेषहरू पनि प्राप्त भएका थिए । बाह्र कुटीको शिखरमा नयाँ ढुङ्गे युगका बन्चरा जस्ता करिब १० हजार वर्ष पुराना औजार पनि फेला परेका थिए ।

    दाङ उपत्यकाको हारपुर खोला र दारे खोलाको किनार तथा लमहीबाट ढुङ्गे युगिनमानवले प्रयोग गर्ने खालका हाते बन्चरा र एकातिर मात्र धार भएका चुच्चे ढुङ्गे औजारहरू पनि प्राप्त भएका थिए । त्यही प्रकारका हतियारहरू बर्दियाको दानव तालमा पनि प्राप्त भएका थिए । ती दुवै स्थानमा प्राप्त हतियारहरूको समय करिब ६ लाख वर्ष पुरानो भएको अनुमान गरिएको छ । तिनीहरू पेकिङ मानवका समकालीन र पुरानो पाषाण युगसित सम्बन्धित भएको मानिन्छ ।

    डा. गुडरनले यो विश्वास प्रकट गरेकी थिइन कि काठमाडौं उपत्यकामा पनि नव ढुङ्गे युगिन मानिसहरूको बसोबास थियो ।

    उनले त्यही प्रकारको ढुङ्गे युगिन औजारहरू पूर्वी नेपालको महत्तरीमा तथा पूर्वी नेपालको रातो खोलामा पनि फेला पारेकी थिइन् । माथिको सङ्क्षिप्त विवरणबाट नेपालमा ढुङ्गेयुगिन सभ्यताको अध्ययनमा डा. गुडरनको महत्वपूर्ण योगदान भएको कुरा पुष्टि हुन्छ । ती सबै कुराको जानकारी प्राप्त हुन सकेको भए सुनन्दालाई कति धेरै खुसी लाग्ने थियो होला ।
    प्राग ऐतिहासको विषयमा डा. गुडरनको योगदान खाली नेपालमा मात्र होइन, उनले इथियोपिया र दक्षिण अफ्रिकामा पनि त्यसका लागि महत्वपूर्ण योगदान दिएकी थिइन । उनले इथियोपियामा र नामेवियामा पनि अत्यन्त प्राचीन र प्रागऐतिहासिक महत्वका अवशेषहरू फेला पारेकी थिइन् ।

    उनको भारतको महाराष्ट्रको चिर्कीमा गरेको ढुङ्गे युगिन कालसँग सम्बन्धित अध्ययन विशेष रूपले उल्लेखनीय छ ।
    दाङ देउखुरीको ढुङ्गे युगसँग सम्बन्धित उनका नोटहरू सन् १९८९ मा चेन्नइमा चोरि भएको कुराको पहिले नै उल्लेख भइसकेको छ । त्यसपछि सन् २००६ को जनवरीमा पुणेमा उनी नेपाल सम्बन्धी आफ्नो अध्ययनलाई अन्तिम रूप दिने कार्यमा व्यस्त रहेको बेलामा एउटा व्यक्तिले उनको कोठामा नै आएर उनीमाथि आक्रमण गरेको थियो । त्यो व्यक्तिले उनको त्यो पुस्तकको अधिकार उनको नाममा हस्तान्तरण गर्न भनेको थियो । तर उनले उसको त्यो हमला र दबाबको कडा प्रतिरोध गरेकी थिइन् र अन्तमा उनको निर्मम हत्या गरिएको थियो ।

    मन्द्रासमा उनका नेपालको ढुङ्गे युगिन सभ्यता सम्बन्धी अनुसन्धान सम्बन्धी नोटहरू चोरि हुनु, त्यसको करिब १५ वर्षपछि पुणेमा उनको कृतिलाइ कब्जा गर्नको लागि उनीमाथि हमला हुनु र उनको हत्या पनि गरिनु – केत्यो खाली सामान्य प्रकारको चोरी वा हत्यामात्र थियो ? वा उनको बौद्धिक सम्पत्ति हस्तगत गर्नको लागि गरिएको सुनियोजित सडयन्त्र नै थियो । कही त्यसका पछाडि नेपालको प्राचीन ढुङ्गेकालीन इतिहासको खोजीलाई प्रकासमा आउन नदिने कुनै सुनियोजित उद्देश्यले त काम गरेको थिएन ?

    त्यो हत्यामा संलग्न व्यक्तिलाई आजीवन जेलमा हालिएको थियो । तर त्यो चोरी वा हत्याको पछाडि उनको बौद्धिक सम्पत्ति कब्जा गर्ने कार्यका पछाडि कस्को सुनियोजित योजना वा षडयन्त्र थियो, त्यो पत्ता लगाउने प्रयत्न गरियो वा गरिएन ? त्यो प्रश्न रहस्य नै बनेर रहेको छ । त्यो प्रश्नको कहिले उद्घाटन हुन सक्ने छ वा छैन ? त्यसको जबाफ सायद भविष्यले नै दिनसक्नेछ वा यो सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न कि त्यो रहस्य सधैँ दवेर नै बस्नेछ ।

    सुनन्दालाई डा. गुडरन, जसले नेपालको ढुङ्गे युगिन सभ्यताको अध्ययनमा त्यति ठुलो योगदान दिएकी थिइन्, उनको हत्याको समाचार थाहा हुन सकेको भए उनलाई कति धेरै पिडा पुगेको हुन्थ्यो होला । जेहोस् डा. गुडरन प्रागऐतिहासको अनुसन्धान र नेपालको पनि ढुङ्गे युगिन सभ्यताको अनुसन्धान कि पनि एक महान सहिद थिइन् ।

    डा. गुडरनले नेपालमा ढुङ्गे युगिन सभ्यताको इतिहासमा इतिहासको अध्ययनको क्षेत्रमा महत्वपूर्ण जग हालेकी थिइन् । उनको शेषपछि पनि त्यो क्षेत्रमा अरू अध्ययनको काम अगाडि बढ्दै गयो र त्यो दिशामा कैयौँ उपलब्धिहरू प्राप्त हुँदै गए ।
    सन १९८३ मा दोलखाको चरिकोट, काभ्रेको जुगु गाउँ, ललितपुरको लुभु, चितवनको टाँडी र झापाको बैजनाथपुरबाट पनि ढुङ्गे युगिन औजारहरू प्राप्त भएका थिए ।

    सन् १९८३–८५ का बिचमा पूर्वमा कमलानदी क्षेत्र, पश्चिममा चुरे पर्वत शृङ्खलामा १ लाख वर्षदेखि ७० हजार वर्ष अघिका पाषणकालीन औजाहरू प्राप्त भएका थिए ।

    जनकलाल शर्माले चरिकोटमा ढुङ्गे युगिन कालका औजारहरू फेला पारेका थिए । सन् १९९२ मा तल्लो मुस्ताङ, कालिगण्डकी उपत्यकाका कतिपय स्थानहरूमा ३ हजार वर्षभन्दा पहिलेका ढुङ्गे युगिन सभ्यताका अवशेषहरू पाइएका छन् ।

    हिमालय खण्डका कतिपय गुफाहरूमा पनि प्राचीन मानिसहरूको बसोबास भएका प्रमाणहरू फेला परेका छन् । माथिको सङ्क्षिप्त विवरणबाट दाङ उपत्यका, काठमाडौं उपत्यका, पूर्व कोशीदेखि पश्चिम बर्दियासम्म मध्ये पहाडी भागहरू र उच्च हिमाली खण्डमा समेत ढुङ्गे युगिन मानवहरूको बसोबास भएको कुरा थाहा हुन्छ ।

    यदि सुनन्दालाई ती सबै कुराहरूको जानकारी हुन सकेको भए उनलाई कति धेरै खुसी लाग्दथ्यो होला ? सुनन्दा र विद्या बुटवलको एउटा होटलमा बसेका थिए । होटलबाट खाना तयार भएको समाचार आयो र सुनन्दा र विद्या खाना खान गए ।
    … … …
    डा. गुडरन कोर्विन्स अब हाम्रा बीचमा छैनिन् । उनको हत्या भएको १६ बर्ष भैसक्यो । तैपनि नेपालको प्रागऐतिहास वा ढुङ्गे युगिन सभ्यताको अध्ययनमा उनको जुन महत्वपूर्ण योग्दान रहेको छ, त्यसलाई नेपाली जनताले कहिल्यै पनि बिर्सने छैनन् । उनले दाङ–देउखुरीमा ढुङ्गे युगिन सभ्यताको शिर्षकमा जुन नोटहरु तयार पारेकी थिइन वा ती नोटहरुका आधारमा जुन विश्लेषण गर्दै थिइन, ती कागजपत्र मद्रासमा वा अहिलेको चेन्नाईमा चोरी भएका थिए । त्यो कारणले उनको अध्ययनसित सम्बन्धित सबै जानकारी प्राप्त हुन सकेन । तैपनि उनले त्यसबारे जेजति अध्ययन गरिन, त्यसको ठूलो ऐतिहासिक महत्व छ । नेपालको प्रागऐतिहासमा उनको त्यस प्रकारको योगदानका लागि धेरै ढिलो भएपनि हामीले उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।

    (नोटः– सुनन्दा का. जलजला उपन्यासकि जलजला पछिकि एउटी मुख्य पात्र हुन । उनको घर कुमाउको दार्मामा हो र उनी दिल्ली युनिभर्सिटिकी इतिहास विषयकी एउटी सोधकर्ता छात्रा हुन।)

     

    मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.