काठमाडौं । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप गर्ने निर्णय गरेको छ । हालसम्म १०७ बीओपी रहेकोमा अब नयाँ थपिएपछि २२१ हुनेछ ।
Advertisement
बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले नयाँ बीओपी थपिएपछि सीमा क्षेत्रको सुरक्षामा थप मद्दत पुग्ने बताए ।
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१, छाङरुङबाट वडा नं २ दुम्लिङसम्मको घोडेटो बाटो संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।

