काठमाडौँ । साइप्रस नेपाली एकता समाजले जुलाई १०, २०२२ का दिन आयोजित बोटपार्टी सफल बनाउन सहयोग गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
महासचिव मन्जु लिम्बुको हस्ताक्षरमा जुलाई १२, २०२२ का एक प्रेसवक्तव्य जारी गर्दै धन्यवाद दिनुभएको हो ।
प्रेसवक्तव्यमा भनिएको छ :
“जुलाई १०, २०२२ आइतबारका दिन साइप्रसको लिमासोलमा साइप्रस नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा गरिएको बोटपार्टी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
सङ्गठनले आयोजना गरेको उक्त कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन आआफ्नो क्षेत्रबाट अहम् भूमिका निभाई जिम्मेवारीपूर्वक भौतिक, आर्थिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई साइप्रस नेपाली एकता समाज केन्द्रीय समितिको केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।
साथै आफ्नो प्रवासको व्यस्तताका बाबजुद पनि हाम्रो सो कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने पत्रकार मित्र आत्माध्वज लामाज्यू, स्वयम्सेवक कविता गोले, खिमान थापा, नानु गुरुङ, सुनिल विक, राज चौधरी, रामु कुँवर, बिन्दु खड्का, देवाकी थापामगर, गिरा नेपाली थापा, बिना मानन्धर, ईश्वर घर्ती, आयुष्मा गुरुङ, नैना गुरुङ, रमेश चन्द, गणेश कुँवर, लालबहादुर बुढा र शशि गैरेलगायतलाई धन्यवाद व्यक्त गर्दछौँ ।”
एकता समाजका अनुसार साइप्रसस्थित नेपालीहरूमाझको भावनात्मक सम्बन्ध अभिवृद्धि गर्न सो कार्यक्रम आयोजना गरिएको थियो ।
चार घण्टासम्म चलेको उक्त कार्यक्रममा १५१ जना नेपालीहरूको उपस्थिति रहेको थियो ।
