बीबीसी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन) बाट पारित भएको छ । तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ । मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियोग प्रस्ताव पारित भएको हो ।
अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५३ जना सदस्य छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना मात्र सदस्य छन् । सिनेटमा २ जना स्वतन्त्र सांसद छन् ।
ट्रम्प अमेरिकी संसदको तल्लो सदनबाट महाभियोग लगाइएका तेस्रो राष्ट्रपति बनेका छन्। यसअघि एन्ड्रयू जोनसन र बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए । उनीहरुले सदनले महाभियोग प्रस्ताव पारित नगर्दै पदबाट राजीनामा दिएका थिए ।
ट्रम्पविरुद्ध न्यायमा अवरोध पुर्याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लागेका छन् ।साक्षीहरूलाई तर्साउन खोजेको अनि कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको आरोप पनि उनलाई लागेका छन् ।
अमेरिकाका राष्ट्रपतिलाई संसारका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । तर डेमोक्र्याटिक पार्टीका सांसदहरूको प्रयास सफल भयो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुपर्ने स्थिति आउने बीबीसीले जनाएको छ। ट्रम्पलाई पदमुक्त प्रयासमा अहिले संसदीय समितिले महाभियोगको विषयमा जाँचबुझ गरिरहेको छ ।
