काठमाडौं । मन्त्रिपरिषद बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनमा शनिवार शोक मनाउने निर्णय गरेको छ ।
Advertisement
नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गर्दै शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
आबेको शुक्रबार हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । घटनाप्रति विश्वका नेताहरुले भत्सर्ना गरेका छन् ।
अबे जापानको इतिहासमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम उमेर र बढी समय प्रधानमन्त्री बनेका थिए ।