• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हुलमुलमा शपथ ग्रहण गराएर प्रचण्डले बनाए छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य


  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय समिति बैठकमा घुसाएर केन्द्रीय सदस्यको शपथ ग्रहण गराउनुभएको छ ।

    Advertisement

    करिब ६ महिना अघि भएको माओवादी केन्द्रको महाधिवेशनमा गंगा र जीवनको नाम केन्द्रीय सदस्यका रुपमा प्रस्ताव हुँदा चर्को विरोध भएपछि प्रचण्डले उनीहरुको नाम फिर्ता लिएको बताउनुभएको थियो । तर, आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा गंगा र जीवनलाई पनि राखेर शपथ ग्रहण गराइएको हो ।

    प्रचण्डले छलछाम गरेर छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाएको भन्दै माओवादी केन्द्रीय सदस्यहरु अचम्मित बनेका छन् । बैठकमा थाहै नदिइ उनीहरुलाई ल्याएर अरुसँगै शपथ गराइएको केन्द्रीय सदस्यहरुले बताएका छन् ।

    एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय समितिको बैठक सुरु हुनासाथ प्रचलन अनुरुप शहीदहरुप्रति मौनधारण कार्यक्रम भयो। त्यसपछि केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बैठकको सुरुवात अध्यक्ष प्रचण्डले गर्ने उद्घोष गरे। त्यसपछि प्रचण्डले ‘सबैभन्दा पहिले छुटपुट केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुने घोषणा गरी स्वयंसेवकहरुलाई मनोनित केन्द्रीय सदस्यहरुलाई शपथग्रहण पत्र दिन निर्देशन दिनुभयो ।

    ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटीमा को–को मनोनित भएका हुन्, त्यसबारे महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई केही जानकारी दिइएन । सिधै शपथ पत्र थमाएर नाटकीय ढंगले शपथग्रहण गराइयो। को–को मनोनित भएका हुन्, शपथ ग्रहणअघि केही बताइएन ।’

    केन्द्रीय समिति बैठक चलिरहँदा अन्य थपिएका केन्द्रीय सदस्यसँगै गंगा र जीवनले पनि शपथ ग्रहण गरेपछिमात्रै अन्य केन्द्रीय सदस्यहले उनीहरु पनि मनोनित भएको थाह पाए ।

    ‘सबैजना सरावरी उठेपछि को–को मनोनित भएका हुन् र उनीहरुले शपथ लिँदैछन् भन्ने जानकारी जानकारी हुने कुरा भएन’ ती केन्द्रीय सदस्यले भने, ‘छोरी–ज्वाइँलाई पनि केन्द्रीय सदस्य मनोनित गरिएको रहेछ। त्यसैले, यस्तो हद दर्जाको प्रपञ्च गरेर शपथग्रहण गराइयो ।’

    आफ्ना भाइ नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको, छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाउन मरिहत्ते गरेको तथा हालै छोरा प्रकाशको शालिक अनावरण गरेको भनेर आलोचना भइरहँदा प्रचण्डले फेरि कपटपूर्ण तरिकाले छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाएको भन्दै माओवादीमा चर्को असन्तुष्टि देखिएको छ ।

    आइतबार प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले १० पन्ने दस्तावेज पेश गर्नुभएको छ भने प्रचण्डको काउन्टरमा केन्द्रीय सदस्य प्रकाश विकल्पले २५ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभएको छ । प्रकाशको दस्तावेजमा माओवादी पार्टी स्खलित हुँदै गएको उल्लेख छ।

    1. छोरा प्रकाशको शालिक अनावरण गर्ने प्रचण्डप्रति माओवादी केन्द्रीय सदस्य न्यौपानेको व्यंग्य

    सोमबार, असार २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.