• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

उपसभामुख दिने हल्ला अनुमानका आधारमाः पौडेल


  •   बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
  • प्रकाश थापामगर,
    काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले आफूलाई उपसभामुख दिने विषय हल्ला मात्रै भएको बताउनु भएको छ ।

    Advertisement

    युगदर्शनलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले भन्नु भयो– “यो नितान्त हल्ला हो । यसमा कुनै आधार छैन ।” पत्रपत्रिका तथा अनलाइनहरुमा आएका त्यससम्बन्धी समाचारको बारेमा उहाँले भन्नुभयो– ‘पत्रपत्रिका, अनलाइनले कुन आधारमा समाचार लेखे ? त्यो मलाई थाहा छैन ।’ उहाँले मिडियाहरुले समाचार लेखे पनि त्यसबारे ठोस आधार दिन नसकेको बताउनु भयो । “मिडियाहरुले के आधारमा समाचार लेखे ? त्यस्तो आधार उनीहरुले पनि दिन सकेका छैनन” राजमो नेतृ पौडेलले अगाडि भन्नु भयो– “हाम्रो पार्टीमा सत्तारुढ नेकपाको तर्फबाट कुनै आधिकारीक प्रस्ताव आएको छैन ।” उहाँले मिडियाहरु आफैले अन्दाजको भरमा आफूलाई उपसभापति बनाइने समाचार लेखेको बताउनु भयो ।

    मिडियामा सभामुख सुभाषचन्द्र नेम्वाङ वा शिवमाया तुम्बाहाम्फेमध्ये कुनै एकलाई र त्यसरी उपसभामुखमा तपाईलाई अड्कल गरिएको हो कि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘त्यो त अड्कल नै हो ।’ ‘मैले कहीँकतै यसखालको कुरा गरेकी छैन’ उहाँले भन्नुभयो– ‘त्यत्तिकै अड्कलका बारेमा कसैले समाचार बताउँछ भने त्यसमा मेरो केही भन्नु छैन ।’

    समाचारमा तपाईका लागि मन्त्री मान्दै वार्ता चलिरहेको पनि बताइएको छ भन्ने बारेमा हामीले जिज्ञासा राख्दा सांसद पौडेलले भन्नभयो– ‘मलाई मन्त्री बनाउन वार्ता चलिरहेको समाचार त धेरै पुरानो भइसक्यो । त्यसबारे हामीले आधिकारीक रुपमा नै थुप्रै वक्तव्य जारी गरिसकेका छौं । अब त्यसखालको अड्कलबाजीको कुनै अर्थ छैन ।’ उहाँले आफ्ना विरुद्ध पहिले मन्त्री बन्ने समाचार फैलाइएको र त्यसले काम नगरेपछि अब फेरि उपसभामुख बन्ने हल्ला चलाइएको बताउनु भयो । ‘यसखालको हल्ला नचलाइएको भए हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘यस प्रकारको तरिकाले सम्बन्धित मिडियाको नै विश्वासनीयता घट्न नि ।’

    उहाँले पुस २ गते मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे छलफल गर्न दलहरुलाई बोलाएको जानकारी दिनुभयो । पुस ४ गतेबाट मात्र सभामुखको बारेमा आधिकारी छलफल सुरु हुन्छ भन्दै उहाँले यस्तो अड्कलबाजीमा नलाग्न मिडियाकर्मीलाई आग्रह गर्नुभयो । ‘यतिखेर राजधानीमा नै नेकपाको बैठक चलिरहेको छ । त्यो बैठक समेत सभामुखबारे टुङ्गो लागेको मलाई थाहा छैन’ उहाँले अगाडि भन्नु भयो– ‘सम्बन्धित पार्टीले नै टुङ्गो नलागेको विषयमा कसैले अड्कलवाजी गर्न उचित हुँदैन ।’

    युगदर्शनसितको प्रतिक्रियामा उहाँले सभामुख को होला ? त्यो भन्दा पनि मुलुकलाई सभामुख तत्कालै चाहिएको बताउनुभयो । ‘सभामुख नहुँदा थुप्रै विधेयकहरु रोकिएका छन् । त्यसकारण यथाशीघ्र सभामुख चयन हुनुपर्दछ’ उहाँले भन्नुभयो– ‘त्यसबारे संसदको आफ्नै विधि, प्रक्रिया छ । संसदमा रहेका दलहरुले त्यही विधि, प्रक्रियामार्फत त्यसबारे निर्णय लिनेछन् । त्यसबारे अड्कलबाजी गरेर पत्रिकाको लोकप्रियता बढाउने प्रयास नगरौँ ।’

    प्रतिक्रिया दिने क्रममा उहाँले जोड दिएर भन्नुभयो– ‘मलाई उपसभामुख दिने । नदिनेबारे सत्तारुढ दलले हामीसित कुनै प्रकारको आधिकारीक प्रस्ताव, वार्ता, संवाद केही पनि गरेको छैन, न त अरु कुनै पार्टीले नै त्यसबारे हामीसित कुराकानी गरेका छन् ।’ उहाँले अगाडि थप्नुभयो– “राष्ट्रिय जनमोर्चाले पनि हामीलाई सभामुख चाहियो भनेर निर्णय गरेको छैन । त्यसकारण कुनै पार्टीसित सभामुख वा उपसभामुखको सवालमा वार्ता–संवाद वा प्रस्ताव लैजाने कुरा पनि भएन ।’ उहाँले मिडियालाई जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘मिडियामा चर्चाका लागि समाचारमा अड्कलवाजी गर्ने वा अतिरञ्जित गर्ने कमजोरी बेलाबखत देखिन्छन् । अहिले मेरो बारेमा लेखिएका समाचारहरु पनि त्यही प्रकृतिका हुन् । त्यसलाई त्यही रुपमा बुझ्न अनुरोध गर्दछु ।’

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.