• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • झापा । भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् ।

    Advertisement

    उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको कर्तव्य गरी हत्या गरेको भन्दै प्रहरीले तीनैलाई पक्राउ गर्दै आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भर्गब रोड कुँवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार बाबुको हत्या गरेको बताउनुभयो ।

    कामको सिलसिलामा विसं २०७६ मङ्सिरमा भारत पुगेगी जानुकासँग उनको चिनजान भएको र चिनजानपश्चात नेपाल आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विसं २०७९ वैशाख ४ गते नेपाल आउने क्रममा नरेशकुमार बाबुलाई इलाका प्रहरी कार्यालय रानीले ५९ हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेको बताइएको छ । सोही क्रममा उनी तारेक बुझाउन नेपाल आएको र जानुकाको घरमा तीन दिनदेखि बसेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    जानुकाको घरमा रहँदा जानुकालाई श्रीमान्कै अगाडि दुव्र्यवहार गरेको भन्दै श्रीमान् श्रीमतीकै योजनामा उनलाई मादक पदार्थ सेवन गराउँदै तीन लाख रुपैयाँ दिएर परियारको सहयोगमा उनको हत्या गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । हत्यापछि नरेशकुमारको शव अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा बाधेर फालेको अवस्थामा फेला परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    नरेशकुमारको हत्याका लागि सुरुमा परियारलाई रु २५ हजार दिएको, उनको हत्यासँगै शव फालेपछि पुन रु एक लाख ७५ हजार दिएको र अर्का एक जना मानिसलाई पनि रु एक लाख दिएको थियो । अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाएको छैन । नरेशकुमारको हत्या गर्न थापा दम्पत्तिले रु पाँच लाख खर्च गर्ने सहमति भएको र सोही सहमतिअनुसार उनीहरूले रु तीन लाख प्रदान गरिसकेको बताइएको छ । बाँकी रु दुई लाखपछि दिने सहमति भएको थियो ।(रासस)

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.