टेकराज भुसाल (टेकु) बुटवल ।
रुपन्देही लगायत तराईका जिल्लामा पुस महिना सुरु भए लगतै शीत लहर सँगै हुस्सु लाग्न शुरु भएको छ । शीत लहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
Advertisement
शीत लहरका कारण केटाकेटी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् भने बिहान स्कूल, कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङक्रमण बढ्न लागेको छ।
चिसो बढेपछि स्थानीयले बिहान देखि नै ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् ।