रौतहट । सशस्त्र प्रहरीले रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट दुईवटा बलेरो जिप बरामद गरेको छ । करिव ३२ लाख रुपैयाँ मूल्य पर्ने ति जिप चेकजाँचका क्रममा बरामद गरिएको एपीएफले जनाएको छ ।
Advertisement
स्थानीय बंकुलबाट बारातर्फ जाँदै गरेका बी आर ३० ए ०३६८ र बी आर २५ ए ७७३१ नम्वरको बलेरो जिप सशस्त्रको टोलीले बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा कागजपत्र फेला नपरेपछि उक्त बलेरो बरामद गरिएको थियो ।
एपीएफ टोलीले बरामद भएको दुवै बलेरो भन्सार कार्यालय गौरमा बुझाएको छ।