काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । बा१५च १८३९ नम्बरको जिप दुर्घटना हुनबाट बँचेको हो ।
Advertisement
रामेछापको गोगनेमा गाडी सडकको किनरामा पुगेको र ठूलो ढुंगामा ओट लागर पल्टिनबाट जोगिएको गुरुङले बताउनुभएको छ ।
बिहीबार ट्वीट गर्दै गुरुङले लेख्नुभएको छ, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो ।’
गुरुङका अनुसार गाडीमा सवार सबैजना सकुशल छन् ।
ठुलो घट्ना हुनबाट जोगियो!
रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठुलो घट्ना हुनबाट जोगियो।
भगवानको कृपाले हामी सबै सकुसल छौं। pic.twitter.com/L6KYIoRcjX— Dhan Raj Gurung (@dhanrgrg) June 30, 2022