काठमाडौँ । मिर्गौलापीडित मीनबहादुर श्रीसलाई कतार नेपाली एकता समाजले ५७,५६० रुपिया सहयोग गरेको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माको हातबाट राजधानीको सामाखुसी अस्पतालमा पीडितकी श्रीमती सुनिता श्रीसलाई सो रकम हस्तान्तरण गरिएको हो ।
बागलुङ बडीगाड गाउँपालिका–९ निवासी श्रीस उपचारका लागि सामाखुसीस्थित अल नेपाल अस्पतालमा भर्ना हुनुहुन्छ ।
कतार नेपाली एकता समाजको सो सहयोगबाट आफूहरूलाई थोरै भए पनि राहत मिलेको मीनपत्नी सुनिताले बताउनुभयो ।
