सन्तोष सुनार, सन्धिखर्क ।
अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घास्थित द रेन्बो युवा क्लवले भवगति मन्दिर परिसर वरिपरि सरसफाई गरेको छ । क्लबले भगवती मन्दिर वरिपरि फूलका बिरुवा पनि लगाएका थिए ।
Advertisement
शनिबार सम्पन्न क्लबको उक्त सरसफाइ कार्यक्रम बसन्त विकको अध्यक्षता, क्लबका पूर्व अध्यक्ष विष्णु परियारको उपस्थिति तथा सचिव विशाल परियारको सञ्चालन रहेको थियो ।
क्लवले बिगत तीन वर्षदेखि जुवातास, रक्सी, कोभिडको समयमा क्वारेन्टाइन ब्यबस्थापनदेखि सांस्कृतिक क्षेत्र, भ्रष्टाचार, अतिविपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ ।