काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
Advertisement
उनले आइतबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।
नाकाबन्दीपछि नेपाल आएका पुरीको कार्यकालमा नेपाल भारत सम्बन्ध अलि सहज बनेको थियो । तर, भारतले कालापानीलगायतका भूभाग समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि पुरीको कार्यकालको उत्तराद्र्धमा नेपाल भारत सम्बन्ध चिसिएको छ ।
अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।