काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बैठकमा झडप भएपछि उपाध्यक्ष पवन कार्कीसहित ९ जना निलम्बित भएका छन् ।
आइतबार काठमाडौंमा बसेको बैठकमा कार्कीको समूहले ‘विधि विधान लागू गर’ भन्दै नाराबाजी गरेपछि झडप भएको थियो ।
क्रान्तिकारीले कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकीलाई निलम्बन गरेको हो ।
गत २०७८ असोज १४ देखि १८ गतेसम्म चलेको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरु भने टुंगो लागेको थिएन ।
तर, दुई महिनापछि बसेको जुम मिटिङमा सबैको माइक म्युट गराएर महासचिवमा दिपेश पुन चयन भएको घोषणा गरिएको थियो । सोही कारण अखिल क्रान्तिकारीमा विवाद बढ्दै झडपको अवस्था आएको हो ।
विधि विधान मिचेर जवर्जस्ती पदाधिकारीकारी चयन गरिएको भन्दै कार्कीले समानान्तर गतिविधि सञ्चालन गर्दै आएका थिए । उनी महासचिवको दाबेदार थिए ।