• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रोजगारी सिर्जनाको काम


  •   शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    जनताका समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारमध्ये आधारभूत समस्या रोजगारकै हो । त्यसले अरू आधारभूत समस्या समाधानमा निर्णायक भूमिका खेल्छ ।

    जीवनमा बच्चा, युवा, वृद्ध तीनओटै अवस्था पार गर्ने सिलसिलामा बच्चामा पूरै अविभावकमाथि भर पर्नु पर्छ । युवा रोजगारी सिर्जनाको तयारी गर्ने अवस्था हो र वृद्ध जीवनमा आफूले पूरा गरेका कामबाट विश्राम, आराम र अरूको सहयोग पाउनुपर्ने अवस्था नै हो । जीवनको मुख्य भाग पनि परिपक्व युवाअवस्था नै हो, जहाँ आफूले अधिकतम काम गरेर आफ्ना सन्तान र अभिभावकलाई मात्र होइन, देश र जनताको पक्षमा पनि अधिकतम योगदान थप्न सकिन्छ ।

    जुन देशमा आफ्ना युवा जनशक्तिलाई रोजगारीको ग्यारेन्टी हुन्न, त्यो देशको भौतिक उन्नति पछि धकेलिन्छ । त्यसकारण राज्यसत्ता मात्रैले होइन, त्यो देशका युवा जनशक्तिले पनि बेलैमा आफ्नो देशमा रोजगार हुने विषयमा सोच्ने र गम्भीर हुने गर्नुपर्छ । जहाँसम्म रोजगारी सिर्जना गर्ने काम हो, त्यो मुख्य गरी राज्यसत्ताजत्तिको ठुलो सङ्गठित शक्ति र धेरै सङ्ख्या भएको शक्ति जुनसुकै देशको हकमा समेत अरू हुन सक्दैन । त्यति मात्रै होइन, त्यो जनताको करबाट उठेको रकम खर्च गरेर काम चलाउने शक्तिशाली निकाय पनि हो ।

    त्यसले आफ्नो वर्गीय स्वार्थको रक्षा गरेको र गरिरहेको हुन्छ । आफ्नो सम्पन्न वर्गीय स्वार्थरक्षा गर्ने हुनाले जनताबिच भ्रष्टाचार गर्ने मात्र गर्दैन, जनताले तिर्नुपर्ने ऋण र करसमेत बढाएर शोषण बढाउने काम गर्दछ ।

    साँच्चै राज्यसत्ताले सबै जनताको हित गर्ने, चाहना गर्ने हो भने एक वर्षभित्रै सबै श्रमजीवी वर्गका जनतालाई आफ्नो देशमा रोजगारीको ग्यारेन्टी गर्न सक्छ । त्यसका लािग श्रमजीवी वर्गको राज्यसत्ता हुने र वर्गसङ्घर्षलाई छुट दिने गर्नुपर्छ । त्यसो गर्दा सम्पन्न वर्गीय हितमा बाधा पर्छ । त्यसकारण वर्तमान राज्यसत्ताबाट त्यसो गर्नु सम्भव छैन । देखाउने दाँत र चपाउने दाँत फरक छन् । हात्तीको देखाउने दाँतले कहिल्यै नचपाए जस्तै राज्यसत्ताले त्यस्तो काम गर्नसक्दैन । त्यो कामसँग वर्गीय स्वार्थ जोडिएको छ । आफ्नो सुविधा सम्पन्न दैनिकी र जनताविरोधी शोषक वर्गीय स्वार्थ जोडिएको छ । त्यो एकछिन भावावेशमा भनेर अथवा केही समय कस्सिएर पनि पूरा हुने स्वार्थ हैन । आफ्नो दैनिकीमा जनताको मुक्तिलाई अध्ययन, मनन गर्नुका साथै रोजगारीबाट खर्च टारेर जनताबिच गई समस्या बुझ्ने र समाजवादी सिद्धान्त, राजनीति र सङ्गठन तीनओटै पक्षमा ध्यान दिएर आफ्नो योगदान थप्ने कामको अभ्यासमा जीवनभर लाग्ने काम हो ।

    जुनसुकै पवित्र उद्देश्यले मात्र पुग्दैन, त्यो कामको परिणामले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । एकछिन भावावेशमा आउँदा रोजगारी गुम्यो भने जनताबिच गएर रोजगार हुने अथवा श्रम बेचेर खर्च टार्ने हिम्मत पनि आफ्नै हुन पर्छ । रोजगारीको यतिठुलो खडेरी परेर लाखौँ युवा बिदेसिएको देशको अवस्थामा आफै रोजगार हुने काम पनि सायद सजिलो नहुन सक्छ तर जस्तोसुकै प्रतिकूल अवस्थाको सामना गर्ने हिम्मत पनि आफ्नो र आफैले गर्ने कामभित्र पर्दछ ।

    द्वन्द्वात्मक भौतिकवादी चेतना स्तर हुने हो भने रोजगार हुने कुनै ठुलो काम होइन, धेरै करोड जनसङ्ख्या देशभित्रै रहेर समस्या जसरी त्यसरी समाधान गरिरहेका बेलामा आफू एक जना अटाउन नसक्ने पनि आफ्नो कमजोरी मिसाएको हो । देशमा शोषक, उत्पीडित पनि छन् । चोर डाँका मात्रै छैनन्, इमान्दार र बुद्धिमान पनि छन् । अवसरवादी फटाहा मात्रै छैनन्, इमान्दार जनवादी पनि छन् ।

    नियम, कानुन, व्यवस्था नमान्ने अनैतिक मात्रै छैनन्, नैतिकवान र सच्चरित्र भएका पनि छन् । व्यवस्था विरोधी क्रान्तिकारी पनि छन् । आफू कस्तो हुने   ? कस्ता कस्ताको सम्पर्कमा रहने   ? कुन सङ्गठनमा सङ्गठित भएर शक्तिआर्जन गर्ने   ? त्यो पनि आफ्नै जिम्माको काम हो ।
    जिउ मात्र पाल्ने काम त किरा, फट्याङ्ग्राले पनि गरिरहेका छन् । मान्छेले त्यसका अतिरिक्त देश, श्रमजीवी वर्ग र आफ्नो मुक्तियुद्धको काममा पनि योगदान थप्न सक्नुपर्छ ।

    रोजगार हुनु मात्रै त्यति धेरै ठुलो काम होइन । रोजगार हुनुको साथसाथै श्रमजीवी वर्गको मुक्तिका लागि पनि आफनो सहभागिता हुने काम गर्नुपर्छ । अरूको दोष मात्रै देखाएर आफ्नो जिम्मा पुरा हुन सक्दैन । आफ्नो योग्यता क्षमताको विकास गर्ने र समाजमा रोजगार भई देश र जनताको सेवा गर्ने गर्न सक्ने हुने पनि आफ्नै काम हो । त्यत्ति हो, पछिल्लो पुस्ताले हामीले बिगारेका कामलाई आफ्नो पूर्वजले बिगारेर, छाडेको दोष हामीलाई दिएर, आफूले कुर्बानीसाथ सुधार्नुपर्ने बनाएर छाड्यौँ भने हामीले धिक्कार सहनुपर्ने छ ।

    रोजगारीका लागि महत्वपूर्ण पक्ष योग्यता हो । योग्यताका लागि वर्तमान व्यवस्था बाधा किन छ भने अहिलेको शिक्षा व्यवहारसँग जोडिएको छैन, उत्पादनसँग जोडिएको छैन; कोरा सैद्धान्तिक छ ।

    शिक्षालाई उत्पादनसँग जोड्नका लागि उद्योगधन्दा सरकारी स्वामित्वमा र कृषि व्यवसाय सहकारी स्वामित्वमा सञ्चालन गरेको हुनपर्छ ।

    विद्यार्थीहरूले खाने, बस्ने, पढ्ने व्यवस्थाको साथै पढाइलाई उत्पादनसँगै जोडेर अगाडि बढाउनुपर्दछ । सबैभन्दा धेरै र गुणस्तरीय उत्पादन हुन जग्गामा विद्यालय सञ्चालन गर्न पाउनुपर्छ । त्यस्तो गर्नका लागि वर्तमान व्यवस्था बाधक छ । एकातिर, जमिनका मालिकले उत्पादन गर्न श्रमिक पाएका छैनन्, अर्कोतिर, विद्यार्थीहरू अध्ययनको सिलसिलामा उत्पादनसँग जोडिन पाएका छैनन । औद्योगिक उत्पादनको त्यस्तो अव्यवस्था छ । एउटा उद्योगपतिको स्वामित्वमा उद्योग दर्ता भएको छ । उसलाई नाफा चाहिएको छ । विद्यार्थी उत्पादनको शिक्षाबाट बञ्चित भएर कोरा सैद्धान्तिक विषय पढ्न बाध्य भएका छन् । त्यसरी न उत्पादन बढ्छ न त रोजगारी सिर्जना हुन्छ । समस्या विद्यालय सञ्चालक समिति, शिक्षक, कर्मचारी र जनतासँग होइन राज्यसत्ताका सञ्चालक नेता, सेना, पुलिस कर्मचारी र सम्पूर्ण राज्यसत्तासँग सम्बन्धित छ ।

    उनीहरू सबैलाई कसरी आफ्नो अस्तित्व बचाएर जनताको पिछडिएको चेतनाबाट फाइदा उठाइरहने भन्ने मात्र चिन्ता छ । देश र जनताप्रति जवाफदेही पटक्कै छैनन् । त्यस्तो हुने थिएन भने शिक्षा र स्वास्थ्य जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई नाफा कमाउने संस्था बनाएर कमिसन लिई भ्रष्टाचारको खेलोमेलो गर्ने नै थिएनन् ।

    कुनै पनि देशको विकास गर्ने जिम्मा त्यो देशका सम्पूर्ण नागरिकको हो । कुनै एक जना व्यक्तिले मात्र देशका विकासको ठेक्का लिन सक्दैन । त्यसकारण आफ्नो देशमा बसेर आफू रोजगार भई देशको उन्नति प्रगतिमा सहभागी हुनु सबै नागरिकको अधिकार हो । आफ्नो अधिकार प्राप्त गरेर कर्तव्य पूरा गर्नु पनि सबै नागरिकको जिम्मा हो । त्यसकारण रोजगारी सिर्जना गर्न नसक्ने अथवा सबै नागरिकलाई योग्यताअनुसार काम गर्न सक्ने बनाउने जिम्मा सरकारले लिनुपर्छ । होइन भने त्यो जनताको सरकार होइन, विदेशीको एजेन्ट हो ।

    आफूले जनताबाट उठाएको करमाथि रजाइँ गर्ने जनताका छोराछोरीलाई विदेश जान बाध्य पार्ने जिम्मा लिने नेता जनताको नेता हुन सक्दैन । आफू पनि जनताको साथ र सहयोगमा जनता भएर अधिकार माग्न सबैलाई छुट छ । त्यसकारण आफू बिदेसिएर जनताका शत्रुलाई जनताको पसिनामाथि रजाइँ गर्न नदिने काम गर्न रोजगारीको सिर्जना गर्न सङ्गठित हुने कर्तव्यबाट कोही पनि टाढा भाग्नुहुन्न ।

    कुनै पनि सङ्गठन ऐच्छिक संस्था हो । आफ्नो इच्छा नलागे सङ्गठन छाडेर अर्को सङ्गठन बनाउन पनि सकिन्छ । आफ्नो जहान परिवारसँगै बसेर सबैले गर्न सक्ने काम गर्ने; गराउने जिम्मा आफ्नो हो । आफ्नो भाषा, संस्कृति, चालचलन सबैलाई छाडेर आफै बिराना ठाउँमा दुःखकष्टसाथ बस्नु बाध्यात्मक काम हो । त्यसो गर्दा आफ्नो देशमा विदेशीले रजाइँ गर्छन् । आफूले भने जस्तो अरूले गरिदिन्नन्, आफैले गर्नुपर्छ । यो व्यवस्था बेठिक भए वैकल्पिक व्यवस्थाका लागि सङ्घर्ष गर्ने पनि आफ्नो जिम्मामा पार्नुपर्छ । भएका सङ्गठनमध्ये सबैभन्दा उत्तमलाई रोजेर देश र जनताको मुक्तिका लागि सङ्घर्ष गर्नैपर्छ ।

    जनता सचेत सङ्गठित र आन्दोलित भए राज्यसत्तामा परिवर्तन गर्न सकिने रहेछ भन्ने प्रमाण २०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२–६३ सालको आन्दोलनले प्रमाणित गरिसकेका छन् । अब पनि जनता सडकमा उत्रेर राज्यसत्ताका अन्त गर्न सक्ने क्षमताभन्दा माथि गए अर्को विकल्प राज्यसत्तामा आमूल परिवर्तन भई जनताको राज्यसत्ता स्थापना गर्ने मात्र रहने छ । त्यसका लागि युवा जनशक्ति आन्दोलनका लागि विदेश जाने होइन कि यहीँ रोजगारयुक्त भएर आन्दोलन उठाउन जरुरी छ ।

    रुसमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । देश मुक्त भएको थियो । जनताको जीवनस्तर उच्च भएको थियो । हाम्रो देशमा पनि क्रान्तिकारी नेता भए उहाँकै नेतृत्वमा क्रान्ति सम्पन्न हुने छ ।

    कोही कुनै नेता छैनन् भन्ने पक्कै लागेको भए आफै नेता भएर भए पनि देश, जनता र आफ्नै उत्पीडित श्रमजीवी जनताको मुक्तियुद्ध सफल पार्ने जिम्मा पनि आफ्नै हो । जहाँसम्म जनताको कुरा हो, उनीहरूको राजनैतिक चेतना पिछडिएको हुनाले आफ्नो मुक्ति आफै गर्न नसक्ने अवस्थामा भएका हुन् । जनताको राजनैतिक चेतना उच्च पार्न देशबाट भागेर होइन, यहीँ लागेर जिम्मा पूरा गर्नु; गराउनुपर्दछ । त्यो कामको जिम्मा युवा जनशक्तिको हातमा आएको छ । अर्को कुरा, बुढा नेताले भएन युवा नेता हुनुप¥यो भन्ने हावादारी कुरा हो । बुढा नेता आफै नेता भएका होइन उनीहरूले पनि हिउँद, वर्षा, हुरी बतास, उकालीओराली गरेकै हुन्† विश्वास जितेका र जितिराखेको पनि यथार्थ हो ।

    सङ्गठन विधान र नियमावलीको आधारमा सञ्चालन हुन्छ । महाधिवेशन गरेर बहुमत अथवा सर्वसम्मत तरिकाले नेतृत्व चुनिएको हुन्छ । आफूले विश्वास, प्रमाणका आधारमा नेतृत्वमा आउन पनि नसक्ने नेतृत्वसँग चित्त नबुझ्दासाथ सङ्गठन फुटाएर अलग हुनु घटिया काम हो ।

    महाधिवेशनमा पारित दस्तावेज नै खराब भए सुधार गरेरै भए पनि आफ्ना कार्यकर्ताको विश्वास जित्ने चुनौती पनि राजनीति गर्छु भन्ने सबैले ख्याल गर्नैपर्छ । न आफूले गर्न सक्ने, न गर्न सक्नेको पक्षमा र उसको मातहतमा बसेर जिम्मा पूरा गर्न सक्ने—यी सबै नेता हुन असक्षम भएका प्रमाण हुन् ।

    धनीले धनको बलले राजनीति गर्छन् भने गरिबको बल सङ्गठनमा हुन्छ । सङ्गठनमा आफ्नो भूमिका योगदान थप्नेमा हुनुपर्छ, विभाजनकारी हुनु हुँदैन । आफ्नो योग्यता, क्षमता परीक्षण गर्ने काम पनि आफ्नै हो । यो जीवनमा गर्न सक्ने उच्चतम प्रयत्न गर्ने काम पनि आफ्नै हो । पटक पटक आफूलाई र जनतालाई धोकामा पार्न हुन्न । जीवन फेरि आउन्न । यसको पूरा उपयोग गर्नुपर्छ ।

    आफू एक जना रोजगार हुन नसक्नेले तीन करोड जनसङ्ख्यालाई रोजगारी बनाउन सक्ने कुरै भएन । त्यसैले सजिलै र भन्दाबित्तिकै रोजगारी भएन भनेर विदेश जाने जनताले त्यहाँ पनि रोजगारीयुक्त नहुन सकिन्छ । त्यहाँ पनि बनिबनाउ व्यवस्था छैन शोषण गर्नकै लागि मगाउने हुन् ।

    आफ्नो देशमा फर्केर तुरुन्तै रोजगारी सिर्जना गर्न सकिने किसिमको काम त्यहाँ पनि नहुने सम्भावना बढी हुन्छ ।

    अर्काको देशमा युवा उमेर बिताएर आफ्नो देश, आफ्नो परिवार आफू जस्ता हजारौँहजारको सङ्ख्यामा भएको श्रमजीवी वर्ग कसैको पक्षमा पनि काम नहुन सक्छ ।

    शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.