दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पुँजीवादी व्यवस्थामा हुने निर्वाचन प्रणालीबाट जनताका आधारभूत समस्या समाधान नहुने बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका वडा नम्बर २ को स्थानीय तह निर्वाचन २०७९ समीक्षा तथा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
‘अहिलेको निर्वाचन प्रणाली र त्यसको स्वरुपले आर्थिक रुपमा सम्पन्न भएका उम्मेदवार खोज्दछ । आर्थिक रुपमा विपन्न मान्छे उम्मेदवार बनेर जित्न सक्दैन’ उहाँले भन्नुभयो, ‘सम्पन्न भएको मान्छेले गरिब, बिपन्न, उत्पीडित , उपेक्षित र आधारभुत जनताको होइन मुठ्ठीभर सम्पन्न हरुकै हितमा काम गर्छ । त्यसैले पुँजीवादी व्यवस्थामा पैसाले प्राथमिकता दिएर हुने निर्वाचन ले आधारभूत जनताको हितमा काम गर्न सक्दैन ।

यस्तै, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेलले राष्ट्रिय जनमोर्चा मात्र एउटा इमान्दार र क्रान्तिकारी पार्टी भएको हुनाले राष्ट्रिय जनमोर्चा र अन्य पार्टीमा भोट दिनु आकाश जमिनको अन्तर हुने कुरा बताउनु भयो ।
वडा अध्यक्ष वासुदेव थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार नरबहादुर केसी, अखिल नेपाल कानुन व्यवसायी समितिका केन्द्रीय सदस्य कृष्ण आचार्य, सामुदायिक वन महासंघका राष्ट्रिय समिती सदस्य डिलाराम पौडेल, अखिल नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष माधव आचार्य, वडा नम्बर २ का निर्वाचित वडा सदस्य मन बहादुर पुन, अखिल नेपाल महिला संघ पालिका अध्यक्ष कृष्णा पोख्रेल, अखिल नेपाल बुद्धिजीवी संघबाट डिआर पौडेल, अखिल नेपाल युवक संघका बिनु गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ का केन्द्रीय कोषाध्यक्ष प्रेम आचार्य, अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सल्लाहकार तारा बेल्बासे, जिल्ला सदस्य माधब बेल्बासे, प्रगतिशील प्राध्यापक संघ जिल्ला सदस्य रामकृष्ण पौडेल लगायतको आथित्यता रहेको थियो। नेत्र बेल्बासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नन्दलाल खनालले गर्नु भएको थियो ।