अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ अम्लाचौर निवासी राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य शारदा बेल्वासेको निधन भएको छ ।
राष्ट्रिय जनमोर्चाबाट भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ मा निर्वाचित वडा सदस्य दोण बेल्वासेकी भाउजू एवम् राजमो सदस्य पोमनारायण बेल्वासेकी श्रीमती शारदाको ३८ वर्षको उमेरमा शनिबार निधन भएको हो।
उहाँको आज (जेठ २९ गते) सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बेल्वासेको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य खड्क बहादुर थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
बङ्गमारे आर्यघाटमा गरिएको अन्त्येष्टिमा राजमो अर्घाखाँची जिल्ला सदस्य कविराम खनाल, भोजराज खनाल, राजमो भूनपा २ का अध्यक्ष बावुराम खनाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य टेकराज भुसाल, अखिल नेपाल शिक्षक संघका रामप्रसाद खनाल, भूनपा २ का वडाअध्यक्ष बुद्धि बहादुर थापा, १ का वडा अध्यक्ष गोपाल खनाल, नेकपा (एमाले) भूनपा २ का सचिव हेमराज बेल्वासे लगायतले स्वर्गीय बेल्वासेलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
श्रद्धाञ्जली सभाको सञ्चालन राजमोका युवा नेता खिम बहादुर राउतले गर्नुभएको थियो।
मृतक बेल्वासेका १ छोरा र १ छोरी छन्।