जुमान सिंह केसी, ठूलाबेसी प्युठान ।
राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको कार्यकर्ता भेला तथा चुनाव समीक्षा कार्यक्रम शनिबार ठूलाबेसीमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा गौमुखीको आयोजनामा भएको भेलामा हालै सम्पन्न स्थानीय तहको चुनावको समीक्षा गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै राजमोका लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेलले जनमोर्चाका लागि चुनावको उपयोग नै सबै थोक होइन भन्दै हारजित स्वाभाविक प्रक्रिया भएको बताउनु भयो ।
सही राजनीति र सही उम्मेदवारले मात्र जनताको दुख सुखमा साथ दिने बताउउँदै उहाँले चुनावको बेला पैसा र झुठो आश्वासन बाँडेर चुनाव जित्दैमा असल जनप्रतिनिधि हुन नसक्ने बताउनु भयो । उहाँले जनताको बिचमा जान र सुखदुःखमा सधैँ साथ दिन पनि कार्यकर्तालाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता तथा गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञामुराम न्यौपानेले भोट दियर सहयोग गर्ने सबै मतदाता, पार्टीका कार्यकर्ता, सुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गर्दै निर्वाचित हुन नसकेपनि जनताका काममा निरन्तर लाग्ने बताउनु भएको थियो । उहाँले आफ्नो हारजित भन्दापनि गौमुखीबासीले हारेको उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले अघिल्लो चुनावको तुलनामा पार्टी झन् बलियो भएको भन्दै संगठन कमजोर भएको वडा तथा बस्तीमा संगठन बिस्तार गर्नु पर्नेमा सुझाव दिएका थिए ।
गौमुखी गाउँपालिकामा २०७४ को स्थानीय चुनावमा २ जना सदस्य निर्वाचित भएकोमा यस पटक ५ नं वडामा अध्यक्षसहित प्यानल र वडा न ४ पुजामा २ जना सदस्य निर्वाचित भएका छ्न् । साथै कार्यक्रमको अवसरमा नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।
शनिबार सम्पन्न भेलाले जनक केसीको अध्यक्षतामा १७ पूर्ण र ३ वैकल्पिक सदस्य राजमोको पालिका स्तरीय समिति समेत गठन भएको छ । जसको उपाध्यक्ष चन्द्र केएम, सचिव कृष्ण प्रसाद जैसी, सहसचिव हुकुम बहादुर थापा र कोषध्यक्षमा सुकमाया विक रहनु भएको छ ।
सदस्यहरुमा जोगिन्द्र विक, कर्णबहादुर कुँवर, मिनाराम आचार्य, मीन बहादुर विष्ट, बल बहादुर विष्ट, दिपक विक, सावित्रा टोमटा, तारा पुरी, ज्ञान बहादुर विक, हरि प्रसाद न्यौपाने, ॐलाल बोहरा रहनु भएको छ । वैकल्पिक सदस्यमा रिता विक, लक्ष्मण र मिना विक रहनु भएको राजमो गौमुखीले बताएको छ ।
कार्यक्रममा पार्टीका विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
भेलाको सञ्चालन वीर बहादुर केसी र अध्यक्षता जनक केसी ले गर्नु भएको कार्यक्रममा स्वागत भरत केसीले गर्नु भएको थियो ।