• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रियता, प्रतिगमन र संघीयता तात्कालिक राजनीतिक विषय : आनन्द शर्मा


  •   शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले राष्ट्रियता, प्रतिगमन र सङ्घीयता नेपाली राजनीतिको तात्कालिक विषय भएको बताउनुभएको छ ।

    २०७९ जेठ २८ गते काठमाडौँमा क्रियाशील नेकपा (मसाल) मोर्चा तथा जनवर्गीय सङ्गठनको संयुक्त भेलामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘नेपालको राष्ट्रियतामा पहिलेदेखि नै समस्या थियो’ शर्माले भन्नुभयो– ‘पछिल्लो समयमा एम.सी.सी. जबर्जस्ती कृत्रिम बहुमतद्वारा संसद्बाट पारित गरिएपछि राष्ट्रियतामाथिको सङ्कट झनै बढेर गएको छ ।’

    हालैका दिनमा अमेरिकाबाट भएका उच्च स्तरीय भ्रमणको सन्दर्भ उठाउँदै उहाँले भन्नुभयो– ‘तपाईंहरूले देखिरहनुभएको छ नि, यतिखेर अमेरिकी भ्रमण बाक्लिरहेको छ । यतिखेर त इन्डो–प्यासिफिक क्षेत्रका सैन्य अधिकारीको नै नेपाल भ्रमण भइरहेको छ ।’

    उहाँले नेपालमा भारतीय साम्राज्यवादको पहिलेदखि नै माइक्रो म्यानेजमेन्ट चलिरहेकोमा अब अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर जान थालेको बताउनुभयो ।

    ‘२०६२–६३ सालको जनआन्दोलनद्वारा प्राप्त उपलब्धि गणतन्त्र र धर्म निरपेक्षताले भारतीय प्रभाव कमजोर प¥यो† चीनको प्रभाव बढ्यो’ नेता शर्माले भन्नुभयो– ‘यही निष्कर्षका साथ भारतीय साम्राज्यवादले नेपालको राष्ट्रियताका साथै गणतन्त्र र धर्म निरपेक्षतामाथि समेत योजनाबद्ध षड्यन्त्र गरिरहेको छ ।’

    आफ्नो प्रतिक्रियावादी स्वार्थ पूरा गर्न भारतले यतिखेर सबैभन्दा ठुलो राजनीतिक दल भनिएको एमाले, प्रतिगामी भूमिकामा रहेको राप्रपा र मधेसवादी लोसपालाई उपयोग गरिरहेको उहाँको तर्क थियो ।

    एमालेको सन्दर्भमा उहाँले भन्नुभयो– ‘एमालेलाई हामीले मित्रशक्ति मानेका छौँ तर तात्कालिक राजनीतिमा उसले प्रतिगामी भूमिका खेलिरहेको छ ।’

    उहाँले थप्नुभयो– ‘तर हामीले वर्गीय विश्लेषणमा नै एमालेलाई प्रतिगामी शक्ति बताएका होइनौँ ।’

    अर्कोतर्फ उहाँले सङ्घीयताले नेपाली जनतालाई कर उपहार दिएको बताउनुभयो ।

    ‘कुखुरा, परेवा बेचे पनि कर, खोलेसाग बेचे पनि कर’ उहाँले भन्नुभयो– ‘नेपालमा सङ्घीयताले जनतालाई करको भार उपहारस्वरूप प्रदान गरेको छ । त्यसको बदलामा विकास निर्माणका काम शून्य छन् ।’

    उहाँले सङ्घीयता खारेज गर्नैपर्ने बताउँदै त्यसको पक्षमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको आन्दोलनलाई अझ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले मोर्चा तथा जनवर्गीय सङ्गठनलाई आन्तरिक सङ्गठनात्मक गतिविधिमा मात्र सीमित नराखी जनतामाझ विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता तथा रमेश पौडेलको सञ्चालनमा अघि बढेको सो भेलामा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन र अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोकाले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमोको तर्फबाट झबिन्द्र बेलबासे, अखिल नेपाल युवक सङ्घको तर्फबाट डम्मर कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को तर्फबाट प्रेम मोक्तान, अखिल नेपाल महिला सङ्घको तर्फबाट ऋतु केसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) को तर्फबाट केबी घले, प्रगतिशील पत्रकार सङ्घको तर्फबाट रोशन दानी, रक्तिम सांस्कृतिक अभियानको तर्फबाट मधु क्षेत्री, अखिल नेपाल जनजाति सम्मेलन र अखिल (छैठौं) को तर्फबाट निमबहादुर बुढाथोकी, जातीय समता समाजको तर्फबाट भक्त विक, अखिल नेपाल शिक्षक सङ्घ र अखिल नेपाल बुद्धिजीवी सङ्घको तर्फबाट भोला ढकाल, अखिल नेपाल प्रगतिशील लेखक सङ्घको तर्फबाट समीर सिंह र अखिल नेपाल कानुन व्यवसायी सङ्घको तर्फबाट लक्ष्मणदेव पाण्डे र फ्लोरबाट लक्ष्मी केसीले रिपोर्टिङ गर्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल बुद्धिजीवी सङ्घका महासचिव भरतमणि भण्डारी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी र रक्तिम सांस्कृतिक अभियान काठमाडौँकी उपाध्यक्ष माया पुनको आतिथ्य रहेको थियो ।

    भेलाले साउन महिनाभित्रमा राष्ट्रिय जनमोर्चा र अन्य जनवर्गीय सङ्गठनका जिल्ला समिति गठन, पुनर्गठन र बैठक तथा स्थानीय गतिविधि अगाडि बढाउने निर्णय भएको राजमो नेता रमेश पौडेलले बताउनुभयो ।

    शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.