काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चाल्र्स ए फ्लिनलाई गार्ड अफअनर प्रदान गरेको छ ।
Advertisement

शुक्रबार जंगी अड्डाको भ्रमण गरेका चाल्र्स ए फ्लिनको सम्मानमा नेपाली सेनाले जंगी अड्डा परिसरमा सम्मान गारत अर्पण गरेको छ ।

सोही क्रममा नेपाली सेनाले अपरेशनल गतिविधिका बारेमा ब्रिफ्रिङ गरेको छ । फ्लिनले जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता समेत गरेका छन् ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्धिपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बिहीबार नेपाल भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।