काठमाडौं । मलेसियामा छुरा प्रहारबाट एक नेपालीको हत्या भएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका पाँचथरका कुमार तामाङको हत्या भएको हो ।
Advertisement
मदिरा पिएका ४ जनाको समुहमा रहेका नेपालीहरुले तामाङलाई छुरा प्रहार गरेका मलेसियाबाट एक नेपालीले बताए ।
छुरा प्रहारबा घाइते तामाङको उपचारका क्रममा क्लाङ अस्पतालमा मृत्यु भएको छ। उक्त घटनामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका नेपालीको पहिचान प्रहरीले खुलाएको छैन।