काठमाडौं । सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमादुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
Advertisement
घटनामा नौ जना घाइते भएका छन् जसमध्ये पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।
जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिनुभयो ।