काठमाडौं । आन्दोलनरत सिसडोल–बन्चरेडाँडाबासी काठमाडौंको फोहोर फाल्न दिन सहमत भएका छन् । काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका बासिन्दाबीच गएराति सहमति भएको हो ।
Advertisement
बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल– बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरुको उपस्थित थियो।
फोहोर मैलाको व्यवस्थापन रातिको समयमा मात्रै गर्ने, बाटो र बत्तिको व्यवस्था मिलाउने, गन्ध नआउने व्यवस्था मिलाउने, लिच्चड पानीमा नमिसाउने व्यवस्था गर्ने लगायतका प्रतिवद्धता महानगरले गरेपछि स्थानीयबासी फोहोर फाल्न दिन सहमत भएका हुन् ।
बिगत केही दिनदेखि स्थानीयबासीले काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याडफिल साइडमा लैजान रोक्दै आएका थिए।
फोहोर व्यवस्थापन सम्बन्धी केही दिन अघि भएको सम्झौता पनि स्थानीयले मानेका थिएनन्।
हेर्नुस् सहमति पत्र
