घोराही । संघीयता विरुद्ध काठमाडौं मार्चको तयारीमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङको जिल्ला भेला पुस ९ गते घोराहीमा हुने भएको छ । शनिबार सम्पन्न जिल्ला समितिको बैठकले भेलाको मिति तय गरेको हो ।
Advertisement
जिल्ला अध्यक्ष ध्रुव बेल्वासेको अध्यक्षतामा शनिबार सम्पन्न बैठकमा महासचिव महेशराज जोशीले संघीयता विरुद्धको अभियानमा दाङबाट बढी भन्दा बढी विद्यार्थी काठमाडौं लैजाने तयारी गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिनुभएको थियो ।
बैठकमा अखिल (छैठौं) का केन्द्रीय सदस्य एवं प्रदेश ५ का इन्चार्ज खगेन्द्रा विष्टकोसमेत उपस्थिति थियो । बैठकले जिल्ला भेला तयारीका लागि प्रचारप्रसार, संगठन र आर्थिक लगायत निर्णय गरेको जनाइएको छ ।