काठमाडौं । काठमाडौंको एक रेस्टुरेन्टमा इन्टर्नसिपका लागि गएकी एक छात्रालाई त्यहीँका वेटरले बलात्कार गरेका छन् । हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा छात्रा बलात्कृत भएकी हुन् ।
रेस्टुरेन्टका वेटर दोलखाका जीवन फुयाँल खत्रीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत २१ वर्षीया छात्रा अन्य साथीहरुसँगै उक्त रेष्टुरेन्टमा इन्टर्नसिपका लागि गएकी थिइन् ।
केसीले गत शुक्रबार राति कोल्ड ड्रिङ्समा मदिरा मिसाएर खुवाएको र पछि बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । पीडितले तत्काल प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त दरबारमार्गको टोलीले उनलाई तत्काल पक्राउ गरेको थियो।
प्रहरीले खत्रीउपर जबरजस्ती करणीको मुद्दामा ७ दिन म्याद थप गरी दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।