• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रम रोजगार मन्त्रालयको नाम फेरेर ‘श्रम बेरोजगार’ राखौँ

" काम अलपत्र छोड्ने ठेकेदारलाई कसले कारबाही गर्ने ? "

  •   मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
  • दुर्गा पौडेल

    Advertisement

    भौतिक पूर्वाधारका लागि साना मझौला र ठूला आयोजनाका लागि ठोस प्रकारको योजना ल्याउन जरुरी छ । राष्ट्रिय महत्वको योजनाहरु छन् तर २०७८ सालदेखि कार्यान्वयनमा आएको देखिँदैन ।

    त्यसको निश्चित समय तोक्ने, निश्चित बजेट तोक्ने र कार्यान्ववयन भए नभएको अनुगमन गरेर के कारण पुरा भएन, को दोषी हो, त्यसलाई कडा भन्दा कडा कारबाही नगर्दासम्म यसमा सुधार आउँदैन । प्रत्येक वर्ष राष्ट्रिय योजनाको नाममा बजेट गएको छ तर त्यो बटेज कहाँ गएको छ के भएको छ कार्यानयन भएको छ कि छैन केही मतलब हुँदैन । लेखन र कागजमा राख्दिनको लागि मात्र रहेको अवस्था छ ।

    यो पूर्वाधार भौतिक मन्त्रालयको काम यति अस्तव्यस्त छ कि स्थानीय गाउँ ठाउँको विकासको त कुरै नगरौँ, महानगर, उप महानगरपालिकामा पठाएको बजेट पनि कार्यान्वयन भएको छैन । त्यसलाई किन कारबाही नहुने ?

    ठेक्का दिएको कति वर्षलाई हो, त्यो अवधिको एक वर्षमा कति काम सक्नु पर्ने हो ? त्यसको अनुगमन गर्ने कि नगर्ने ? यदि काम भनेको समयमा भएन भने त्यसलाई किन कारबाही नगर्ने ? विवादमा परेको ठेकेदारनै पूनः ठेक्का पाउँछ । यसको करण के हो ? यो कार्यान्वयन नभएको हुनाले खर्च कटौतीको १ सय रुपैयाँ प्रस्ताव राखेको हुँ ।

    श्रम रोजगारको त कुरै के गर्ने, श्रम रोजगार मन्त्रालयको नाम श्रम बेरोजगार राखे सुहाउँथ्यो की ? यो मन्त्रालयले युवालाई सिप, तालिमहरु दिएर उसको दक्षताको आधारमा उसलाई रोजगारी दिनु पर्थ्यो । त्यो त छैन । तालीम कतिपय ठाउँमा दिइएको छ, तर त्यो तालीम अनुसार रोजगारीको सिर्जना गरिएको छैन । देशका धेरै युवा शक्तिहरु बेरोजगार भएका कारण विदेश पलायन हुन बाध्य छन् । युवा शक्तिको श्रम बिक्री गर्ने ठाउँ छैन, व्यवस्था छैन । विकाससँग जोड्ने त्यो शक्तिलाई ठोस कार्यक्रम छैन । तिनिहरुलाई रोक्ने नीति छैन सरकारसँग । ठोस नीति कार्यक्रम नभएको कारणले त्यो शक्ति विदेश शासा बोकेर जान्छ र बाकसमा लास बनेर आउँछ । युवाहरुलाई रोजगारी दिने कुनै खालको ठोस योजना नभएको हुनाले श्रम मन्त्रालयमा पनि १ सय रुपैयाँ खर्च कटौती गर्न प्रस्ताव राखेको हुँ ।

    पर्यटनको विषयमा हेर्दा बजेट लैजानको लागि कि मन्त्री हुनुपर्ने, कि त्यो ठाउँमा पहुँच हुनुपर्ने । त्यसको आधारमा जुन बजेट विनियोजन हुन्छ, त्यो मन्त्रालयले गर्ने कामहरु पनि सहि किसिमले भएको देखिँदैन ।

    ग्रामिण ठाउँको पर्यटन पनि महत्वपूर्ण रहेको हुन्छ तर सरकारले त्यो ठाउँमा बजेट दिएको हुँदैन । कोरोनाको बेलामा ठूलठूला पर्यटनमा असर परेको थियो तर ग्रामिण ठाउँको पर्यटनलाई पनि ध्यान दिएको भए त्यसलाई पनि अगाडि बढाउन सकिन्थ्यो । त्यसैले पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलमा पनि १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेको छु ।

    (२०७९ जेठ २४ गते विनियोजन विधेयकमाथि सांसद दुर्गा पौडेलले राखेको मन्तव्यको सम्पादित अंश)

    मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.