काठमाडौं । तारा एयरलाइन्सले एक साता पोखरा–जोमसोम उडान नगर्ने भएको छ।
Advertisement
बिहीबार सूचना जारी गर्दै एयरलाइन्सले जेठ २० गते देखि २७ गते सम्म पोखरा–जोमसोम–पोखरा नियमित उडान नगर्ने जनाएको छ ।
आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।