वसन्त खड्का, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाको नगरकार्यपालिकामा राष्ट्रिय जनमोर्चाका दुई जना सदस्य निर्वाचित हुनुभएको छ ।
Advertisement
कार्यपालिकामा राजमोका बसन्त नेपाली र लिला भुसाल निर्वाचित हुनुभएको हो ।
कार्यपालिकामा गठबन्धन नेपाली र भुसालसहित सरस्वता रानाभाट, शारदा परियार, कृष्णा भुसाल, सिता बस्नेत, सुरज विश्वकर्मा र मानबहादुर विश्वकर्मा रहनुभएको छ ।
जसमा नेपाली कांग्रेसबाट ३, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका २/२ र नेकपा एकीकृत समाजवादीका १ जना रहनुभएको छ । सन्धिखर्कको प्रमुख नेकपा (एमाले) ले जितेको थियो ।