टेकराज भुसाल, अर्घाखाँची।
अर्घाखाँचीको भूमिकास्थानस्थित विश्व मावि ढाकावाङ्गका तत्कालीन प्रधानअध्यापक कुलानन्द बन्जाडेको स्मृतिमा ३० जना विद्यार्थी पुरस्कृत भएका छन् ।
कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानले बन्जाडेको १६ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा १५ विद्यालयका ३० जना छात्रछात्रालाई सम्मान गरेको हो । भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको हो ।
प्रत्येक वर्ष स्वर्गीय बन्जाडेको सम्झनामा विद्यार्थीलाई प्रोत्साहन स्वरुप गरिने सम्मान कार्यक्रमले बालबालिकालाई हौसला मिल्ने प्रतिष्ठानका अध्यक्ष खड्का बहादुर थापाले बताउनुभयो ।
कार्यक्रमको सन्चालन चन्द्रबहादुर केसीले गर्नुभएको थियो ।
विश्व मावि ढाकावाङ्गका तत्कालीन प्रअ रहेका शिक्षाप्रेमी बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो।