• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपालमा राजतन्त्र फर्काउन मोदीले धर्मको राजनीति गरे : केसी


  •   शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय शासकले नेपालमा धर्मको राजनीति शुरु गरेको बताउनुभएको छ । नेपाललाई हिन्दु राज्य बनाउन र राजा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा धर्मको राजनीति गरेको केसीले दावी गर्नुभयो ।

    Advertisement

    भारतले नेपालमाथि अन्याय गरेको उल्लेख गर्दै नेपालको सीमा मिचेर नेपालका प्राकृतिक श्रोत साधन भारतले कब्जा गर्न खोजेको केसीले बताउनुभयो । अखिल नेपाल शिक्षक संघको शनिबारदेखि बुटवलमा शुरु भएको चौथौ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतले सीमा मिच्दै गएपछि राष्ट्रियता संकटमा परेको बताउनुभयो ।

    भारतीय जनता ठिक भएपनि भारतीय शासक वर्ग नेपालको हित नभएको अध्यक्ष केसीको भनाइ छ ।पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले कांग्रेसलाई जिताउन र शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन नभएको बताउँदै ओलीको प्रतिगमनका विरुद्ध पाँचदलीय गठबन्धन भएको बताउनुभयो । काठमाडौंमा बालेन शाहको जितले दलीय व्यवस्थालाई चुनौती दिएको र दलहरु असफल भएको भन्ने सन्देश दिएको बताउनुभयो ।

    उहाँले संघीयता र एमसीसी खारेज गरी गणतन्त्र र संविधान जोगाउनु अहिलेको प्रमुख आवश्यत्ता हो भन््रनु भयो । ठूला दलहरुलाई अहिले संघीयता भालुको कञ्चट भएको बताउँदै केसीले प्रदेश खारेज गरेर प्रदेशमा हुने खर्चले देशमा उद्योग, कलकारखाना खोल्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणाली असफल भएको बताउँदै यो शिक्षा प्रणाली गलत भएकै कारण नेपालको दक्ष जनशक्ति विदेश पलाएको भएको बताउनुभयो । सबै नीतिको गुरु राजनीति भएकाले विद्यार्थी र शिक्षकले राजनीतक गर्नुपर्ने बताउँदै शिक्षकहरुले विद्यार्थीलाई राजनीतिक सिकाउन आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विदेशीको हस्तक्षेपको चेपुवामा परेको नेपाल ओलीको प्रतिगमन र एमसीसीले झनै कमजोर भएको बताउनुभयो । उहाँले देशको राष्ट्रियता कमजोर भएका बेला विद्यार्थी र शिक्षकहरुले सही प्रकारको राजनीति बुझ्न आवश्यक रहेको बताउनुभयो ।

    नेपालको भूमिलाई प्रयोग गरी चीन विरोधी गतिविधि सञ्चालन गर्नका लागि विकासको आश्वासन देखाएर अमेरिकाले एमसीसी ल्याएको बताउँदै यस विषयमा शिक्षकहरुले विद्यार्थीलाई सही प्रकारको राजनीति सिकाउनु पर्नेमा जोड दिनुभयो ।

    पूर्व सांसदसमेत रहनुभएका नेता नेपालीले संघीयता र एमसीसीले संकटमा परेको देशलाई जोगाउनका लागि राष्ट्रवादी शक्ति एक हुने बेला आएको बताउँदै अब राष्ट्रबादी शक्ति र राष्ट्रविरोधी शक्ति चिन्ने बेला आएको छ भननुभयो ।

    पूर्व सांसद तथा अखिल नेपाल शिक्षक संघका पूर्वअध्यक्ष हरि आचार्यले अहिलेको शिक्षा प्रणाली असफल भएको बताउनुभयो । उहाँले समयको माग अनुसार नयाँ शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष जगन्नाथ मरासेनी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष मानबहादुर पाण्डे, नेपाल शिक्षक महासंघका सह अध्यक्ष पूर्णप्रसाद दवाडी, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, जनजाती सम्मेलनका केन्द्रीय सदस्य उषा पुन, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सम्झना पौडेल, जातीय समता समाजका दिलप्रसाद नेपाली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अखिल नेपाल बुद्विजीवी संघका दुर्गानाथ खरेल, अखिल नेपाल कानुन व्यवसायी संघका हिरालाल धामी, अखिल नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डिराज पौडेल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरलगायतले बोल्नुभएको थियो ।

    अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्कीको अध्यक्षता, तारा बेल्वासेको स्वागत र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
    तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.