• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नक्कली नागरिकता खारेज, यस्ता छन् मन्त्रिपरिषदले गरेका १७ निर्णय

"राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते "

  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । सरकारले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिएका एक भारतीयको नागरिकता खारेज गरेको छ ।
    इलाका प्रहरी कार्यालय, मझगवा रूपन्देहीबाट झुटो विवरण पेस गरी नागरिकता प्राप्त गरेका ना.प्र.नं. ३७२०६३र१३३५९ का जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    Advertisement

    यस्तै सरकारले राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्यको निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेको ५ ।मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

    यस्ता छन् निर्णयहरु

    १. २०७६ पुस ४ गते शुक्रबार बेलुका ४ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

    २. बाग्मती नदी तटिय क्षेत्र सुधार आयोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ६३ मिलियन अमेरिकी डलर (करिव ७ अर्व १२ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

    ३. पृथ्वी राजमार्गको मुग्लिङ्ग–पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत एशियाली विकास बैंकबाट सहायताका रूपमा प्रस्ताविक १९५ मिलियन अमेरिकी डलर (करिब २१ अर्व ४५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

    ४. युरोपेली लगानी बैंक (ई.आई.वी) बाट विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि प्राप्त हुने १०० मिलियन युरो (करिब १२ अर्व ५२ करोड रूपैयाँ) बराबरको ऋण प्राप्तिका लागि वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

    ५.इन्टरप्राइज फाइनािन्सङ प्रोजेक्टु का लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब ५ अर्व ६५ करोड रूपैयाँ) बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

    ६.सेफ्टी एण्ड एग्रीकल्चर कमर्सलाइजेसन प्रोजेक्टु का लागि एशियाली विकास बैंकबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब ५ अर्व ६५ करोड रूपैयाँ) बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

    ७. प्रदेश सहयोग कार्यक्रम–प्रथम चरण, प्रदेश नं १ परियोजनाका लागि स्वीस सरकारबाट प्राप्त हुने ९.३ मिलियन स्वीस फ्रेंक (करिब १ अर्व रूपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

    ८.२०७६ मंसिर २६ देखि पुस ४ सम्म भारतको विशाखापटनम, कोलकाता र नयाँदिल्लीमा हुने इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईसीटीएस)सम्बन्धी अध्ययन भ्रमण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री बैकुण्ठ अर्यालको नेतृत्वमा भन्सार विभागका महानिर्देशक, महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत, नेपाली राजदूतावास नयाँदिलीका मिनिष्टर (इकोनोमी) र उद्योग, वाणिज्य अथा आपूर्ति मन्त्रालयका उपसचिव समेत गरी पाँच सदस्यीय प्रतिनिधिमण्डललाई स्वीकृति दिइएको छ ।

    ९. कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाईहरूको चालु आर्थिक वर्ष २०७६/७७ का लागि आठ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

    १०. इलाका प्रहरी कार्यालय, मझगवा रूपन्देहीबाट झुटो विवरण पेस गरी नागरिकता प्राप्त गरेका ना.प्र.नं. ३७२०६३र१३३५९ का जमालुदिन धुनियाको नेपाली नागरिकताको प्रमाण पत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाइएको छ ।

    ११. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा श्री अनिल पोखरेल, विराटनगर २, मोरङलाई नियुक्त गरिएको छ ।

    १२. पाँचथर, दोलखा, लम्जुङ, अर्घाखाँची, प्युठान, सल्यान, रोल्पा बैतडी, पर्बत, जाजरकोट, भोजपुर, खोटाङ, रामेछाप, दैलेख, अछाम, संखुवासभा, ओखलढुंगा, जुम्ला र डडेल्धुरा समेत १९ वटा जिल्लाहरूमा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई राजपत्रांकित द्वितीय श्रेणी (नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह) को अधिकृत कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको रूपमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

    १३. राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७६ साल माघ महिनाको ९ गते बिहीबारका दिन गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।

    १४. संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा सन् २०३७–०३८ अवधिका लागि नेपालको उम्मेद्वारी पेश गर्न र उम्मेद्वारीमा आजैदेखि समर्थन जुटाउन पहल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    १५.नेपाल सरकारका नाममा श्रेस्ता कायम रहेको रूपन्देही जिल्ला साबिक हाटी फर्साटिकर गाविस वडा नं. १ ख को कित्ता नं. ३१ को क्षेत्रफल ११ कट्ठा ८ धुर जग्गा जिल्ला समन्वय समितिको कार्यालय रूपन्देहीलाई ३० वर्षसम्म निःशुल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको छ ।

    १६.सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग र सोका पदाधिकारीको म्याद सकिएको मिति २०७६र०८र१५ गतेदेखि छ महिनाका लागि थप गरिएको छ ।

    १७. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त हुने २ वटा एम २८ स्काइ ट्रक एयरक्राफ्टु ग्रहण गर्न स्वीकृति दिइएको छ ।

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.