• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल नेपाल शिक्षक संघको चौथो महाधिवेशन जेठ १४ देखि

" यस्ता छन् एजेन्डा "

  •   मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
  • बुटवल । अखिल नेपाल शिक्षक संघको चौथो महाधिवेशन यही जेठ १४ गतेदेखि बुटवलमा सुरु हुने भएको छ ।

    Advertisement

    ‘नेपालको वर्तमान आवश्यकता ! सर्वशुलभ, प्राविधिक र गुणस्तरीय शिक्षाको सुनिश्चितता !’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

    सम्मेलनको उद्घाटनका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आमन्त्रण गरिएको संघका महासचिव चक्रपाणि पौडेलले जानकारी दिनुभयो । यस्तै, सम्मेलनमा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र महासंघमा आवद्ध विभिन्न १३ वटा संगठनहरुले शुभकामना दिने कार्यक्रम छ ।

    सम्मेलनले वर्तमान शैक्षिक अवस्था तथा शिक्षकहरुको पेशागत हक हितबारे छलफल गर्नुका साथै संघको तेस्रो महाधिवेशनयताको चार वर्षे जानकारीमूलक प्रतिवेदन पारित गर्ने छ ।

    अखिल नेपाल शिक्षक संघले महाधिवेशनका क्रममा मूलतः चारवटा विषयलाई उठान गर्ने महासचिव पौडेलले बताउनुभयो । उहाँले शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग गर्नुभयो ।

    ‘देशमा राजनीतिक परिवर्तन भयो, सामाजिक परिवर्तन भएन तर शैक्षिक परिवर्तन भएन । अहिले पनि शिक्षा ऐन २०२८ अनुसार नै नेपालको शिक्षा नीति सञ्चालित छ’ पौडेलले भन्नुभयो, ‘हामीले शिक्षामा परिवर्तन चाहेका छौँ । शिक्षा ऐन परिवर्तन गरेर आधुनिक र वैज्ञानिक शिक्षा दिनुपर्छ । ताकी शैक्षिक बेरोजगारीको समस्या समाधान होस् ।’

    महासचिव पौडेलका अनुसार नेपाल शिक्षक महासंघले गएको २०७८ फागुन ९ गते सरकारलाई ५१ बुँदे मागपत्र बुझाएको थियो । सो को कार्यान्वयन गर्न संघले माग गरेको छ ।

    यस्तै, २०७५ माघ १ गते तत्कालिन केपी ओली नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न संघले माग गरेको छ ।

    महासचिव पौडेल भन्नुहुन्छ, ‘त्यो प्रतिवेदनमा वर्तमान शिक्षाका समस्या र समाधानबारे विस्तृत अध्ययन गरिएको छ । प्रतिवेदन कार्यान्वयन भएमा मात्रै ५० प्रतिशत समस्या समाधान हुन्छ ।’

    यस्तै, शिक्षक संघले सरकार आफैले मावि तहसम्म ६० हजार शिक्षकको दरबन्दी अपुग रहेको निष्कर्ष निकालेपनि त्यसलाई कार्यान्वयन नगरेको महासचिव पौडेलले बताउनुभयो ।

    ‘कक्षा ५ सम्म कक्षागत र त्यसभन्दा माथि विषयगत शिक्षकको दरबन्दी ६० हजार अपुग भएको कुरा सरकार आफैले स्वीकार गरेको छ’ पौडेलले भन्नुभयो, ‘त्यसलाई तत्काल पूर्ती गर्नुपर्छ ।’

    मङ्गलबार, जेठ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.