वीरगन्ज । वीरगन्ज महानगरपालिकामा ५ दलीय गठबन्धनका उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका छन् ।
मंगलबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका हुन् ।
मेयरमा सिंहले ४६ हजार २ सय १५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६ सय ७१ मत पाएका छन् । निवर्तमान मेयरसमेत रहेका सरवागीलाई सिंहले २२ हजार ५ सय ४४ मतले पराजित गरेका हुन् । मेयरका अर्को उम्मेदवार राप्रपाका गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाएका छन् ।
उपमेयरमा विजयी भएका कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाएका छन् । आलमले झालाई २० हजार ५ सय १० मतले पराजित गरेका हुन् ।
मेयर र उपमेयरमा एमाले र लोसपाले गठबन्धन गरेको थियो ।