काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी उपविदेशमन्त्री उज्रा जियाले भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेकी छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अमेरिकी उपविदेशमन्त्रीले भेट गरेकी हुन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध र द्विपक्षीय हितका विषयमा विचार आदान प्रदान भएको जनाइएको छ ।
उपविदेशमन्त्री जियाले आइतवारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने कार्यक्रम छ।
उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्। जिया शुक्रबार नेपाल आएकी हुन्।
जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन्। भारत भ्रमण सकेर उनी नेपाल आएकी हुन्।
जियाले धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्।
उनले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरुसँग अन्तरक्रिया गरेकी थिइन्।
त्यसैगरी उनले बौद्ध पुगेर बौद्ध गुम्बाको अवलोकन तथा तिब्बती शरणार्थीसँग अन्तक्रिया गरिन्। भ्रमण सकेर उनी आजै अमेरिका फर्किने कार्यक्रम छ।