बहराइन । बहराइन नेपाली एकता समाजको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यही मे २०, २०२२ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोख्रेलले गर्नुभएको थियो ।
दलबहादुर गाहाको सञ्चालन तथा धनबहादुर कार्कीको अध्यक्षतापछि अगाडि बढेको सम्मेलनमा स्वागत भाषण धनब ठेङाले गर्नु भएको थियो ।
नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिनेहरूमा वरिस्ठ संस्थापक सदस्य एलबी राना, महिला समितिबाट बिस्नु ठकुरी, रक्तिम परिवारबाट जङ्गु चौहान, खेलकुद समितिबाट उदयराज मल्लका साथ समाजसेवी, सुदूर पश्चिम समाज स्याङजा समाजका प्रतिनिधिले पनि शुभकामाना दिनुभएको थियो ।
सम्मेलनमा रक्तिम परिवारका कलाकारहरूले गीत, नृत्यद्वारा कार्यक्रमलाई रोचक बनाउनुभएको थियो ।
सम्मेलनले तीन वैकल्पिक र सल्लाहकार गरी १९ जनाको केन्द्रीय समिति निर्माण भएको छ ।
समितिको अध्यक्षमा धनबहादुर कार्की, उपाध्यक्षमा एलबी राना, बिस्नु ठकुरी, धनबहादुर ठेगा, महासचिवमा देबनारायण पोख्रेल, सचिवमा जङ्गु चौहान, कोषाध्यक्षमा पृथ्वी कुमाल र सहकोषाध्यक्षमा देवबहादुर थापा रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा नरबहादुर जिसी, भीमबहादुर गाहा, वेदबहादुर थाडा, टेकप्रसाद राई, कमल विक, उदयराज मल्ल, प्रेम मगर, प्रभा चौधरी, सन्जु लामा, लालबहादुर गिरी तथा वरिष्ठ सल्लाहकार दलबहादुर गाहा रहनुभएको छ ।
सम्मेलनमा बहराइन नेपाली एकता समाजअन्तर्गत विष्णु ठकुरीको अध्यक्षतामा सात सदस्यीय महिला विभागको पनि पुनर्गठन गरिएको छ ।
