काडमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलका पूर्वविद्यार्थी विमर्स अधिकारीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको ‘ए’ लेभल टप गर्नुभएको छ ।
विमर्सले क्याम्ब्रिज विश्वविद्यालयको ‘ए’ लेभल अन्तर्गत लिएको परीक्षा अन्तर्गत फर्दर म्याथम्याटिक्स र कम्प्युटर साइन्स विषयमा उत्कृष्ट नम्बर प्राप्त गर्नुभएको हो ।
उत्कृष्ट अंकका लागि विमर्सलाई काठमाडौंस्थित ब्रिटिश काउन्सिलले ‘क्याम्ब्रिज आउटस्ट्यान्डिङ लर्नर अवार्ड’ प्रदान गरेको छ ।

२०७५ सालमा विद्यालय टप भइ एसईई उत्तीर्ण गरेका विमर्स फेरिल्याण्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीका छोरा हुन् ।
विमर्सले गरेको प्रगतिप्रति आफू र विद्यालय परिवार गौरवान्वित भएको प्रिन्सिपल अधिकारीले बताउनुभयो । अध्ययनमा उत्कृष्ट विमर्सले न्युयोर्क युनिभर्सिटी, अबुधावीमा फुल स्कलरसिप पाएको पनि अधिकारीले जानकारी दिनुभयो ।
प्रिन्सिपल अधिकारीका अनुसार विमर्स आगामी अगस्टमा उच्च शिक्षा अध्ययनका लागि अबुधावी जाँदैछन् ।