काठमाडौं । गुल्मीमा राष्ट्रिय जनमोर्चाले नौ जना जनप्रतिनिधि निर्वाचित गरेको छ । राजमोको तर्फबाट १ जना वडाअध्यक्षसहित ८ जना वडासदस्य निर्वाचित हुनुभएको हो ।
कालीगण्डकी गाउँपालिकाको वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाका पुरन थापामगर १०४७ मतसहित वडाअध्यक्षमा विजयी हुनुभएको छ । त्यसैगरी राजमोकै हरिकला थापा (१०४६) सोही वडाको वडासदस्यमा विजयी हुनुभएको छ ।
सोही गाउँपालिकाको वडा नं ४ को वडासदस्यमा अशोक पुन (४९२) निर्वाचित हुँदा वडा नं ५ को सदस्यमा मिथुन बलाल (७९६) विजयी हनुभएको छ ।
यता, धुर्कोट गाउँपालिका वडा नं ५ मा राजमोको तर्फबाट रुमकान्त पाण्डे (८१०) वडासदस्यमा निर्वाचित हुनुभएको छ ।
यसैगरी, गुल्मीको सत्यवती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका तीन जना वडासदस्य विजयी हुनुभएको छ । वडा नं. ३ मा नरमाया राना (१०९५) र ओमबहादुर सिँजापति (११०२) वडासदस्यमा विजयी बन्नुभएको हो ।
सत्यवती गाउँपालिकाकै वडा नं. ६ मा राजमोकी लक्ष्मी पुलामीले विजय हासिल गर्नुभएको छ । काङ्ग्रेस नेतृत्वको प्यानलमा पुलामीले प्रतिद्वन्द्वीलाई २३९ मतले पराजित गर्नुभएको थियो ।
यता, मुसिकोट नगरपालिका वडा नं २ बाट राजमोका देव रायमाझी वडासदस्यमा निर्वाचित हुनुभएको छ ।
गएको २०७४ सालको निर्वाचनमा कालीगण्डकी गाउँपालिकामा राजमोले उपाध्यक्ष जितेको थियो । तत्कालिन उपाध्यक्ष तारा थापा अहिलेको निर्वाचनमा भने सोही पदमा १०० मतले पराजित हुुनुभयो । थापाले ४ हजार ३८४ मत प्राप्त गर्नुभएको थियो ।
कालीगण्डकी-४ पुर्तिघाटमा राजमोका अशोक पुन वडासदस्यमा विजयी