धनगढी । धनगढी उपमहानगरपालिकामा प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल प्रतिस्पर्धी भन्दा ६ हजार ४१२ मतले अगाडि छन्।
Advertisement
पछिल्लो मतपरिणाम अनुसार २६ हजार ४१९ मत गन्दा हमालले १२ हजार ३०४ मत ल्याएका छन्।
निवर्तमान नगर प्रमुख नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मत ल्याएका छन् भने नेकपा (एमाले) का रणबहादुर चन्दको २ हजार ७५२ मत आएको छ ।