काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न सचिवालय र टानबीच विभिन्न ११ बुँदे समmदारीपत्रमा सम्झौता भएको हो ।
बुधबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्ष व्यक्ति, मन्त्रालय तथा सरकारको मात्र नभएर सबै नेपालीको भएको बताए । उनले पर्यटकको सेवा सुविधा बढाए मात्र पर्यटकहरु फेरि नेपाल आउने सम्भावना रहने बताए । त्यसका टानसँगको सम्झौता महत्वपूर्ण हुने उनले बताए ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष खुमबहादुर सुवेदीले देशको आर्थिक विकासका लागि गुणस्तरीय पर्यटनमा ध्यान दिनुपर्ने बताए । उनले सरकारले २० लाख पर्यटक ल्याउने घोषणा गर्दा टानले सबै सदस्यमार्फत ८ लाख बढी पर्यटक नेपाल लयाउने योजना बनाएको बताए ।
सचिवालय र टानबीच पद्यात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने, साहसिक पर्वतीय पर्यटन मार्ट नेपालमा आयोजना गर्ने, नयाँ पदयात्राको गन्तव्य खोजी गर्ने, विभिन्न देशमा पर्यटन प्रवद्र्धनको काम गर्ने, कम्तिमा ४ हजार व्यक्तिलाई पदयात्राका लागि तालिम प्रदान गर्ने, वातावरण संरक्षण र सम्वद्र्धनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विभिन्न ११ बुँदामा सम्झौता भएको छ ।