बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले झण्डै दुई तिहाई मतको अग्रतासहित जित सुनिश्चित गरेको छ ।
जैमिनीमा अहिले वडा नं १ को मतगणना जारी छ । वडा नं १० देखि गणना सुरु गरिएको नगरपालिकामा ९ वटा वडा गनिसक्दा प्रमुख पदका उम्मेदवार नरबहादुर पुन आफ्ना प्रतिस्पर्धी उम्मेदवारभन्दा ५ हाजर २०० मतले अग्रता लिनुभएको छ ।
गणना भएको १२ हजार ४० मतमध्ये पुनले ७ हजार ७८६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवारले २ हजार ५८६ मत ल्याएका छन् ।
यो सहित पुनको करिब दुई तिहाई बढीले जित निश्चित भएको हो ।
यस्तै, उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार (रुख) ले ७ हजार ९६६ मत ल्याउँदा प्रतिस्पर्धी उम्मेदवार (सूर्य) ले २ हजार ४२२ मत ल्याएका छन् ।
जैमिनीमा राजमोले एक वडाअध्यक्ष सहित १४ जनप्रतिनिधि निर्वाचित गरिसकेको छ भने वडा नं १ मा वडासदस्य जितको नजिक छन् ।
स्वर्गद्वारी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा जनमोर्चा विजयी