चितवन । सर्वत्र चासो रहेको चितवनको भरतपुर महानगरपालिकामा प्रतिस्पर्धा रोचक बनेको छ ।
Advertisement
पाँचदलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी माओवादी केन्द्रका रेनु दाहाल र नेकपा (एमाले) का विजय सुवेदीबीच थोरै मतान्तरले अघिपछि भइरहेको छ ।
केही असमय अघिसम्म रेनुको अग्रता रहेकोमा हाल एमालेका उम्मेदवार सुवेदीले ५५ मतले अगाडि हुनुहुन्छ ।
१३ हजार ३६४ मतगणना गर्दा सुवेदीले ४ हजार ५५० मत ल्याउनुभएको छ भने दाहालले ४ हजार ४९५ मत ल्याउनुभएको छ ।
कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९९८ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको ५ हजार ३१३ मत छ भने एमालेका हिमला गुरुङको ३ हजार ६२२ मत रहेको छ ।