काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।
Advertisement
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियारले जनाएको छ ।उनीहरूमाथि थप अनुन्धान भइरहेको पनि अख्तियारको भनाई छ ।