काठमाडौं । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अन्य दललाई फराकिलो मतान्तरले पछि पारेको छ ।
Advertisement
हालसम्म प्राप्त परिणामअनुसार वडा नं १ र ३ मा नेमकिपाका उम्मेदवार विजयी भइसकेका छन् ।
वडा नं १ मा २ हजार १२२ मत ल्याएर श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएका छन् । वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन् ।
भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गरेको हो ।