नेपालगञ्ज । नेपाली भूभाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा बाँके जिल्ला समितिको आयोजनमा भेरी अञ्चल अस्पताल चोक अगाडी विरोध सभा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न सभालाई अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष तुल्सी सापकोटा, राष्ट्रिय जनमोर्चा बाँके जिल्ला अध्यक्ष भिमप्रसाद देवकोटा,अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेल लगायतका नेताहरुले कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नक्सा सार्वजनिक गर्नु भारतीय हस्तक्षेपको विरुद्व नेपाली जनता एकजुट हुनुपर्ने बताउनु भयो ।

राजमो जिल्ला उपाध्यक्ष जगदिश ढकालको सञ्चालनमा भएको विरोध सभामा अखिल (छैठौं) का महासचिव महेशराज जोशी, (छैठौं)का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष नवराज चन्द,वैकल्पीक केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष विष्णु अधिकारी,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष भरत खड्काको समेत उपस्थिीति रहेको थियो ।
