बागलुङ । बागलुङको गलकोट नगरपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार लालबहादुर राना प्यानलसहित विजयी हुनुभएको छ ।
Advertisement
रानाले ११०६ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले जम्मा ३७५ मत प्राप्त गरेका छन्।
नगरपालिकाको प्रमुख र उप्रमुखमा पनि गठबन्धनका उम्मेदवारहरु अगाडि छन्।

प्रमुखमा गठबन्धनका उम्मेदवारको ७०४ र एमालेको ३१६ छ भने उपप्रमुखमा गठबन्धनका उम्मेदवारले ६८३ र एमालेका उम्मेदवारले २४७ मत ल्याएका छन्।