बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता लिएको छ।
Advertisement
वडा नं १० बाट मतगणना सुरु गर्दा प्रमुखमा गठबन्धनका उम्मेदवार राजमोका नरबहादुर पुनले अग्रता लिनुभएको हो।
हालसम्म २०० मत गन्दा प्रमुखमा गिलास चिह्नमा १५० मत परेको छ भने सूर्यमा ४० मत परेको छ।
उपप्रमुखमा गठबन्धनबाट रुख चिह्नमा १३३ मत परेको छ भने सूर्यमा ३८ मत परेको छ।
यस्तै, वडाअध्यक्षमा गिलासमा १३९ र सूर्यमा ५२ मत परेको राजमो नेता घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ ।