काठमाडौं । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् ।
Advertisement
जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गर्दा एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारलाई ८२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ। हालसम्म तीन वटा वडाको मतगणना भएको छ ।